२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने



काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहरमा बिक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोवाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने तयारी गरेको छ ।

नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि क्षेत्रगत तालिम प्रदान गरिसकेपछि व्यवसायीहरुमा आएको परिवर्तनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा प्रयोगशाला परीक्षणबाट नतिजा हेर्ने तयारी भएको हो ।

यसका लागि महानगरपालिकाका उपप्रमुख प्रमुख सुनिता डंगोल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यकारी निर्देशक सञ्जिवकुमार कर्णसहित अधिकारीहरु बिच मोवाइल भ्यान सञ्चालन र क्षमता विकासका विषयमा छलफल भएको छ ।

छलफलमा खाद्य स्वच्छताको गुणस्तर नियन्त्रणका लागि महानगरपालिकाले काम गर्ने, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले क्षमता विकास र प्राविधिक सहयोग उपलब्ध गराउने विषयले प्राथमिकता पाएको थियो । छलफलमा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरीसहित अधिकारीहरुले सहकार्य क्षेत्रका विषयमा धारणा राखेका थिए ।

सुपथ मूल्यमा गुणस्तरीय वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्न महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले नियमित बजार अनुगमन गरिरहेको छ । यससँगै स्वच्छ खाद्य सेवा प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प)अन्तर्गत क्षेत्रगत खाद्य सेवा सञ्चालन गर्ने सञ्चालक र व्यवसायीलाई क्षमता विकास तालिम प्रदान गरेको छ ।

क्षमता विकासको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय, दोस्रो संस्करणमा मासुजन्य खाद्यवस्तुका उत्पादक तथा विक्रेता, तेस्रो संस्करणमा मिठाइजन्य खाद्य सेवाका उत्पादक तथा विक्रेतालाई तालिम दिइएको थियो । चौथो संस्करणमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायी र पाँचौँ संस्करणमा रैथाने खाना सेवाका उत्पादक र विक्रेतालाई तालिम दिइएको थियो ।

बजार अनुगमन र व्यवसायीलाई दिइएको तालिमको नतिजालाई तथ्यमा मापन गर्न महानगरपालिकाले मोवाइल भ्यानमार्फत गुणस्तर परीक्षण कार्यक्रम अगाडि बढाउन लागेको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ११ : ३६ बजे

लेक लागेर पर्यटकको मृत्यु

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट

लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षको जिम्मेवारी योग गुरुङलाई

बुटवल । लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारणसभाले योग गुरुङलाई

वन क्षेत्रबाट अपेक्षा अनुसार राजस्व संकलन नहुँदा मुख्यमन्त्री आचार्यको गम्भीर चिन्ता : करको दायरामा ल्याउन जोड

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रबाट अपेक्षाअनुसार