२३ चैत्र २०८१, शनिबार | April 5, 2025

आज राष्ट्रियसभाको बैठक पनि बस्दै



काठमाडौं । सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउसो सवा १ बजेको लागि बोलाइएको छ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ र ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने संसद सचिवालयले जानकारी दिएको छ ।

यस्तै बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने तालिका रहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ९ : ०२ बजे

आईपीएल : चेन्नईलाई २५ रनले हराउँदै दिल्लीको लगातार तेस्रो जित

काठमाडौं । दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई

प्रथम बाँके जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आयोजक शिखा एकेडेमीलाई

कोहलपुर । प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आयोजक

राष्ट्रिय खुला टी-२० क्रिकेट : स्याङ्जा र काठमाडौंको विजयी सुरुआत

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर

हराउँदै चैतेदसैँ मेलाको मौलिकता

बागलुङ । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ