२ बैशाख २०८२, मंगलबार | April 16, 2025

आज १४ फेब्रुअरी, अर्थात ‘भ्यालेन्टाइन डे’



काठमाडौं । आज १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । पछिल्लो समय युवापुस्ताले नेपालमा पनि यसलाई प्रणय दिवसका रूपमा मनाउन थालेका छन् । यो बिशेष गरी पश्चिमा मुलुकमा धेरै ठूलो सांस्कृतिक महत्त्व बोकेको यो ‘पर्व’ हो । विशेष गरी सामाजिक संजालको कारणले गर्दा यो दिवस नेपालमा पनि चर्चित हुँदै गएको छ ।

किंवदन्ती हेर्दा ‘एक जना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राट्को आदेश विपरीत प्रेम जोडीको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राट्ले सेन्टलाई मृत्युदण्ड दिए । त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन्स डे’ मनाइन्छ ।’ मूलधारका इतिहासकारले यसैलाई भ्यालेन्टाइन्स डेको प्रादुर्भावको रूपमा लिन्छन् ।

रोमन साम्राज्यको स्थापनादेखि नै रोमन सैनिकलाई विवाह गर्न प्रतिबन्ध थियो । तैपनि केही रोमन सैनिक आफूलाई खटाइएको स्थानका महिलासँग विवाह गर्थे । प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।

उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाँय सुनाएर जेलमा राखे ।

उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स् डे मनाउने गरिएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ७ : ३९ बजे

भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

काठमाडौँ । कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, ग्यासको यथावत

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

जागरण अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको टोली बर्दघाटमा

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तराई मधेश

नेपाली सेनाको पदयात्रा टोलीलाई पाल्पामा स्वागत

पाल्पा । नेपाली सेनाको पदयात्रा टोली पाल्पा आइपुगेको छ ।

बुटवलमा उत्पादीत भोला, करेन्ट र जीत ब्राण्डको गुट्खा, सुर्तीलाई देशैभर बिक्रि वितरणमा रोक

काठमाडौं । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति