१० बैशाख २०८२, बुधबार | April 23, 2025

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त



काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको छ । स्टोरी टेलिङमा छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात् सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रूपमा नियुक्त गरेको हो ।

स्टोरी एम्बेसडरमा नियुक्त गर्दै आइएमईले विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथा मार्फत उनीहरूका घर आगन र परिवारसम्मै पुर्‍याउन मद्दत गर्ने अपेक्षा गरेको छ ।

नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुर्‍याएका नेपाली युवाको कथा अब साइग्रेसको आवाजमा सुन्न पाइने समेत आइएमईले जनाएको छ।

साइग्रेसको आवाजमा मिसिएको कथामा कामको बाध्यता होइन कामको हुटहुटीले पनि बिदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण समेत ब्यक्त गर्ने कम्पनीको अपेक्षा रहेको छ ।

आईएमईका अनुसार अव साइग्रेसले आफ्नो आवाज दिएका आइएमइका सामग्रीहरूलाई आइएमईका सामाजिक प्लेटफर्म युट्युब, फेसबुक तथा इन्स्टाग्राम लगायतमा सञ्जालहरूमा पोष्ट गरिने छन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ११ : ३१ बजे

खजुरा गाउँपालिकाले आजबाट घरघरबाट फोहर उठाउँदै

खजुरा । शहरोन्मुख बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिका अन्तर्गतको बजार

प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल

बुटवलमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा

तोलामा सात हजारले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको

जम्मू-कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवल १४ का सुदिप न्यौपाने

बुटवल । भारतको जम्मू-कश्मीरमा मंगलबार भएको आतंकवादीको आक्रमणबाट मृत्यु हुने