३० चैत्र २०८१, शनिबार | April 12, 2025

मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग जोड्न जरुरी छः मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् । अन्तरप्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनको दाङको चखौरामा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको मौलिक कला, संस्कृति संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानीसँग जोड्न आवश्यक रहेको बताएका हुन् ।

‘हाम्रा मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ,’ उनले भने, ‘प्रदेश सरकारले थारु सांस्कृतिक संग्रहालय, होमस्टे सञ्चालनजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ । साथै, समुदायमा सिप हस्तान्तरणलाई समेत प्राथमिकतामा राखिएको छ ।’

मुख्यमन्त्री आचार्यले थारु समुदायको प्रत्येक क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । निजामती सेवामा थारु समुदायको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराउँदै उनले लोकसेवा आयोगले गर्ने विज्ञापनमा दरखास्त दिएर सहभागी हुन आह्वान गरे । ‘निजामती सेवामा प्रवेश गर्ने अवसर प्रदेश सरकारले खुला गरेको छ । हामीले सहभागिताको सुनिश्चितता गरेका छौँ,’ उनले भने, ‘यस विषयमा पनि यहाँहरूले ध्यान दिनुपर्नेछ ।’

स्थानीय मदिराको बजारीकरणका लागि संघीय सरकारले कानुन नबनाउँदा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले वर्तमान संसद्बाट विधेयक पारित गरेर भएपनि समस्या समाधान गर्न आग्रह गरे । थारु समुदायलगायत आदिवासी जनजातिले परम्परागत रूपमा उत्पादन गर्दै आएको स्थानीय मदिरालाई बजारसँग जोड्न प्रदेश सरकारले प्राथमिकता दिएको भए पनि संघीय सरकारबाट कानुनी व्यवस्था नहुँदा ब्रान्डिङ र लेबलिङमा समस्या देखिएको मुख्यमन्त्री आचार्यले बताए ।

प्रदेश सरकारले थारु समुदायलगायत अन्य समुदायले मनाउने माघ पर्वलाई सम्मानस्वरूप उत्सवका रूपमा मनाउँदै आएको उनले स्मरण गराए ।

संवोधनका क्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले गत वर्ष समानीकरण अनुदान नपठाउँदा प्रदेश सरकार आर्थिक भारमा परेको बताउँदै समस्या समाधान गर्न आग्रह गरे । ‘संघीय सरकारले समानीकरण अनुदान नपठाउँदा प्रदेश सरकारले समस्या भोगिरहेको छ । म सभापति ज्यूमार्फत यो समस्या राख्न चाहन्छु,’उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई सुनाउँदै भने, ‘संघीय सरकारले छिटोभन्दा छिटो समानीकरण अनुदानको रकम पठाउन जरुरी छ ।’

त्यस्तै, मुख्यमन्त्री आचार्यले हुलाकी राजमार्गको निर्माण कार्यलाई तीव्रता दिन संघीय सरकारको ध्यानाकर्षण गराए । ‘लुम्बिनी प्रदेशको नवलपरासीदेखि बर्दियासम्म हुलाकी राजमार्ग पर्छ । तर, यो सडकको निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । यसलाई तीव्रता दिन यहाँहरूको साथ आवश्यक छ,’ उनले भने । त्यसैगरी, लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा सुविधा सम्पन्न हवाई सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउँदै उनले तुलसीपुर विमानस्थलको विस्तार अपरिहार्य रहेको बताए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ५ : ४२ बजे

सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको छ : अर्थमन्त्री पौडेल

बुटवल । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी

नेवाः सेवा समितिको अध्यक्षमा डिल्लीकुमार श्रेष्ठ

बुटवल । १८ वर्ष पहिले बुटवल र यस आसपासका नेवार

माछा मार्न गएकी दिक्षिकाको राप्ती नदीमा डुबेर मृत्यु

नेपालगन्ज । बाँकेको राप्ती नदीमा डुबेर माछा मार्न गएकी एक

प्रधानमन्त्री आफैं सडक आन्दोलनमा भाषण गर्दै हिँड्नु शोभनीय भएन : महामन्त्री शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राजा ज्ञानेन्द्र

‘शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल