१७ चैत्र २०८१, आइतबार | March 31, 2025

धरानको पानीको समस्या तमोर नदीले गर्छ : पूर्वराष्ट्रपति भण्डारी



धरान। धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले सुझाएकी छिन्।

धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने बताएकी हुन्।

पानी पिउनको लागि शुद्ध तमोरको टनेलको माध्यमबाट ल्याउन सके सुनसरी, मोरङ र झापा गरि तीन जिल्लालाई पिउनसँगै र सिंचाइ गर्न लागि समेत पुग्ने उनको भनाई थियो ।

धरानदेखि करिब चार किलो मिटरको टनेलबाट पानी ल्याउन सकिने सम्भाव्यता अध्ययन भइसकेको र त्यसको लागि धरानका स्थानीय सरकारले पहल गर्नुपर्ने उनले बताईन।

प्रदेश सरकारले धरान-मुलघाट सुरूङ मार्ग सम्भव्यता अध्ययनका लागि बजेटसमेत विनियोजन गरेको थियो ।

धरानमा खानेपानीको कमी हुँदै आएको छ । पानीको बहस भइरहेका वेला पूर्व राष्ट्रपति भण्डारीले यस्तो उपाय दिएकी हुन्।

भण्डारी केही दिनदेखि पूर्वका विभिन्न कार्यक्रममा सहभागी जनाउदै आईरहेकी छिन्।

कार्यक्रममा सहभागितासँगै एमाले पार्टी नेता तथा कार्यकर्ताहरूलाई भेट्दै हिडिरहेकी छिन्। साथै, उनले सक्रिय राजनीतिमा फर्कने संकेतसमेत गरेकी छिन्।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : १६ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन