कञ्चनपुर । भिमदत्त नगरपालिका, नेपाली कांग्रेसका नगर सभापति मृत अवस्थामा फेला परेका छन्। भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा सडकमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेश चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी लगायतको टोली घटनास्थलमा पुगिसकेको र सो घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
मृत्युको कारण र घटनाको प्रारम्भीक रिपोर्ट बारे प्रहरीले प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन।
प्रतिक्रिया