२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

प्रादेशिक महोत्सव २०८१ नवौं दिन : एक हजार बालबालिकालाई एकै पटक मनोरञ्जन दिने बाल उद्यान



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को बाल उद्यानमा एकै पटकमा एक हजार जना बढी बालबालिकाहरुले मनोरञ्जन लिइरहेका छन् । बाल उद्यान तथा रमाइलो मेलाका सञ्चालक विद्यार्र्थी शाहका अनुसार एकै पटक एक हजार बालबालिकाले बाल उद्यानबाट मनोरञ्जन लिइरहेका छन् ।

बाल उद्यानमा एक सय जना खेल्न मिल्ने नाउडा (ठूलो डुंगा), ५० जनाले एक साथ खेल्न मिल्ने सानो डुंगा, १० जनाले खेल्ने सानो नाउ राखिएका छन् भने एकै पटकमा ४० जनाले खेल्न सक्ने ठूलो २ वटा झुला (पिङ) राखिएका छन् । एउटा मिनी रेल, दुई वटा मिक्की माउस, ब्रेक डान्स, ३ वटा जम्पिङ, ६(६ जना बच्चाले खेल्न मिल्ने नानो कार र धुम बाइक पनि महोत्सवमा राखिएको छ । २४ जना क्षमताको चेरो प्लेन, २० जना क्षमताको मिनी रेल पनि रमाइलो मेलाको आकर्षण बनेको छ । सञ्चालक शाह भन्छन्, ‘यी सबै खेल एकसाथ खेलाउँदा पनि हामीसँग एकैपटकमा एक हजार जनालाई एकसाथ खेलाउन सक्ने क्षमता छ । विदाका दिनमा रमाइलो मेलामा अलि बढी भीँड लाग्ने गरेको छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघको प्रादेशिक महोत्सवको बाल उद्यान तथा विविध मनोरञ्जन उप–समितिका संयोजक शिवप्रसाद दाहालले महोत्सवको अर्को आकर्षण बाल उद्यान तथा रमाइलो मेला भएको बताए । ‘धेरै जनाको रोजाइ नाउडा (ठूलो डुंगा) र अग्लो पिङ हुने गरेको छ । बालबालिकाहरु जम्पिङमा बढी रमाइरहेको देख्छु’, संयोजक दाहाल भन्छन्, ‘कोही स्टलका सामान किन्न आउँछन् । कोही सांगितिक कार्यक्रममा रमाउँछन् । कसैले रमाइलो मेलाबाट मनोरञ्जन लिइरहेका छन् ।’

महोत्सवको प्रचार समितिका संयोजक डम्बरबहादुर चन्द महोत्सवमा दिनदिनै दर्शकको आकर्षण बढिरहेको बताउँछन् । उनले लामो समयको अन्तरालमा नेपालगन्जमा प्रादेशिक महोत्सव सञ्चालन भइरहेकाले सबैलाई एक पटक भए पनि मेलामा अवलोकनका लागि आग्रह गरे ।

रुपा घर्तीले पशुपति शर्मालाई भाले बास्न भनेपछि….

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा जारी प्रादेशिक महोत्सव लोकप्रिय गायक पशुपति शर्माले दर्शकलाई खुबैै नचाए । जाम भने जान्छेउ र माया, पोखरा फेवाताल घुम्नलाई….बोलको गीत गाउँदै स्टेज उक्लेका पशुपति शर्माले क्याम्पस पढ्न आउने…, क्यान माया मारिछौ सानी….,सारङ्गी ¥याइ¥याई….लगायतका आफ्ना आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकको माया बटुलेका थिए ।

कार्यक्रमका अन्तिम अथिति कलाकार शर्माले सांंगितिक कार्यक्रमको समापन लोक दोहोरी गायिका रुपा घर्ती मगरसँग लाइभ दोहोरी गाएका थिए । उनले लेजिड फस्ट भन्दै रुपालाई पहिले गीत गाउन भने । रुपाले लेजिड फस्ट हुन मानिनन् । भनिन्, ‘हुँदैन । पहिले भाले बास्छ दाइ।’

लोक पप गायक टंक तिमिल्सैनाले पनि नेपालगन्जमा आफूले पढेका दिन याद गर्दै दर्शकलाई नाच्ने बनाएका थिए । उनले मेरी चम्पा…., मन माया….र देउडा गाएर दर्शकलाई समूह समूहमा नाच्न बाध्य बनाएका थिए । कार्यक्रममा डान्सर अन्जु सुनारले मनमोहक नृत्य प्रस्तुत गरेकी थिएन् ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको दशौं दिन शनिबार चर्चित गायक प्रकाश दूतराज, गायिका रचना रिमाल र डान्सर अञ्जली अधिकारीको प्रस्तुती हुनेछ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ९ : २३ बजे

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट

लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षको जिम्मेवारी योग गुरुङलाई

बुटवल । लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारणसभाले योग गुरुङलाई

वन क्षेत्रबाट अपेक्षा अनुसार राजस्व संकलन नहुँदा मुख्यमन्त्री आचार्यको गम्भीर चिन्ता : करको दायरामा ल्याउन जोड

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रबाट अपेक्षाअनुसार

स्थानीय सरकारबाट धमाधम शिक्षक आन्दोलनमा एक्यबद्धता आउन थाल्यो

नेपालगन्ज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका र बाँकेको खजुरा गाउँपालिका प्रमुखले