२३ चैत्र २०८१, शनिबार | April 5, 2025

विपक्षी दलहरूको निर्णय – अध्यादेश अस्वीकार गर्ने, जनपक्षीय मुद्दामा एकजुट हुने



काठमाडौं। विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।

बिहीबार बिहान सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो । सरकारले अध्यादेश ल्याउन सक्ने भएपनि अहिलेको अध्यादेशहरु संसद छल्नकै लागि ल्याएको तर आफुहरुको दबाबका कारण संसद अधिवेशन बोलाउन सरकार बाध्य भएको उनीहरुले निस्कर्ष निकालेका छन् । जनतालाई छिटो सेवा दिने नियत भएको भए कात्तिक मंसिरमै अध्यादेश ल्याउन सक्ने अवस्था भए पनि सरकारको नियत खराब भएकोमा सबै दलको साझा धारणा रखेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए । विपक्षी दलहरुले अध्यादेशका कन्टेन्टका बारेमा भने प्रतिस्थापन विधेयक आएपछि छलफल गर्ने जनाएका छन् ।

बैठकले राष्ट्रियता, जनजीविका र महंगी नियन्त्रणलगायतका विषयमा आगामी संसदमा जोडदार आवाज उठाउने समेत निर्णय गरेको पाण्डेले बताए । जनताका सवाज जोडिएका विषयमा विपक्षीहरु एक भएर संसदमा कुरा उठाउने निर्णय भएको उनले जानकारी दिए ।

संसदको हिउँदे अधिवेशन भोलि शुक्रबार देखि सुरु हुँदैछ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ११ : १७ बजे

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर

हराउँदै चैतेदसैँ मेलाको मौलिकता

बागलुङ । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ

बुटवलमा प्रथम उपमेयर फुटबल प्रतियोगिता सुरु, आयोजक बिस पचहत्तर क्लबको विजयी शुरुवात

बुटवल । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक

जाजरकोट भूकम्पमा आठजना घाइते

काठमाडौँ । जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको