२० चैत्र २०८१, बुधबार | April 2, 2025

दुई दलको गठबन्धन रहेसम्म सरकार ढल्दैन : अध्यक्ष नेपाल



भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन् ।

भक्तपुर कमलविनायकमा रोम्बस सेकेन्डरी स्कुलले आज आयोजना गरेको आइएसओ प्रमाणपत्र हस्तान्तरण समारोहमा उनले ठूला दलको गठनबन्धन रहेका सरकार निरन्तर रहने बताए । अध्यक्ष नेपालले भने, “सरकारको आयु सांसदको सङ्ख्याले निर्धारण गर्ने हो । दुई ठूला दलको गठबन्धनबाट सरकार बनेको छ । त्यसैले गठबन्धन रहेसम्म सरकार रहन्छ ।”

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै उनले संसदीय समितिमा दर्ता भएका विधेयकलाई फिर्ता नलिइ अध्यादेशमार्फत संसद्मा फास्टट्र्याकबाट पारित गराउन खोज्नु गलत भएको बताए ।

अध्यक्ष नेपालले विद्यालयका प्रिन्सिपल डा राजेन्द्र कोजूलाई विद्यालयको आइएसओ प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा प्रिन्सिपल डा कोजूले आज सहिद दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीहरूमा सहिदप्रतिको सम्मान, देशप्रेमको भावना जगाउनुका साथै गुणस्तरीय शिक्षामा कटिबद्ध रहको बताए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १० : ०७ बजे

राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ

काठमाडौं। भुकम्प पीडितलाई राहात सामाग्री बोकेर नेपाली सेनाको टोली म्यान्मारतर्फ

स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट सर्वदा निषेधित छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल