३० चैत्र २०८१, शनिबार | April 12, 2025

गीतकार शाहलाई ‘बिजुलीमाया वनः श्रेष्ठ’ पुरस्कार



काठमाडौं । यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ ।

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले मङ्गलबार साँझ हेटौँडामा एक कार्यक्रम आयोजना गरी नेपाली गीतसङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै शाहलाई नगद रु एक लाख राशिसहित १६ औँ संस्करणको पुरस्कार प्रदान गरेको हो । शाहलाई समर्पण तथा साङ्गीतिक समारोहका प्रमुख अतिथि साहित्यकार नगेन्द्र थापा तथा पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन् ।

शाहले पाँच दशकदेखि निरन्तर आधुनिक गीत, सङ्गीत र चलचित्रका क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । नेपाली गीत सङ्गीतको क्षेत्रमा स्वदेश तथा विदेशमा महत्वपूर्ण योगदान गर्दै आएका कलाकार तथा सर्जकहरूको साधनाको उच्च कदर गर्दै व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गरेका थिए ।

यसअघि उक्त पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की दावा ग्याल्मो, दीपक जङ्गम, किरण प्रधान, राजेन्द्र थापा सम्मानित भइसकेका छन् ।

चलचित्र निर्माण, निर्देशन एवं अभिनयमा समर्पित शाहले विसं २०३२ देखिको निरन्तर नेपाली गीत लेखनको यात्रामा लाग्दै आएका छन् । शाहद्वारा लिखित ‘पर्खी बसे आउँला भन्नी’, ‘बाँदल बनाइदेऊ’, ‘गहिराइमा डुब्दै नडुब’लगायत कालजयी गीतहरू चर्चित छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १ : २२ बजे

प्रतिनिधिसभाको एक स्थान रिक्त

काठमाडौं। प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ। संघीय

नेपाल चारदेशीय टी-२० आई सिरिजको फाइनलमा

काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन

बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले