२३ चैत्र २०८१, शनिबार | April 5, 2025

प्रधानमन्त्री ओलीको आह्वानमा सत्तापक्षीय दलको बैठक



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्तापक्षीय राजनीतिक दलको बैठक बसेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी छन् ।

बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनसेवा र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक अध्यादेशलाई संसद्को पहिलो दिनमै पेस र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताए । उनले संसद्लाई पर्याप्त बिजनेस दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताए ।

यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : ४७ बजे

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर

हराउँदै चैतेदसैँ मेलाको मौलिकता

बागलुङ । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ

बुटवलमा प्रथम उपमेयर फुटबल प्रतियोगिता सुरु, आयोजक बिस पचहत्तर क्लबको विजयी शुरुवात

बुटवल । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक

जाजरकोट भूकम्पमा आठजना घाइते

काठमाडौँ । जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको