४ चैत्र २०८१, सोमबार | March 18, 2025

आर्थिक समृद्धिका लागि अध्यादेश ल्याइएको हो : एमाले महासचिव



महोत्तरी। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक संकटमा गुज्रिएको बेला एमाले नेतृत्वको वर्तमान सरकार बनेको बताएका छन् ।

आइतबार प्रेस चौतारी नेपाल महोत्तरीले बर्दिबासमा आयोजना गरेको पकार सम्मेलनमा बोल्दै पोखरेलले दुई पार्टी मिलेर राजनीतिक स्थायित्व गर्ने सोचका साथ अहिलेको सरकार बनेको बताएका हुन ।

यो बीचको अवधिमा केही सुधारका काम भएको र त्यसको परिणाम देखिन लागेको उनले बताए । नयाँ सरकार बनेपछि पुँजीगत खर्च बढेको, विदेशी मुद्राको सञ्चिति बढेको तथा आर्थिक क्षेत्र चलायमान भएकोसमेत उनले जानकारी दए । तथापि, लगानी र आर्थिक क्रियाकलापको क्षेत्रमा केही समस्या देखिएको कारण दुई दलीय संयन्त्र बनाएर सरकाले आर्थिक क्रियाकलाप सुधारको लागि सरकाले पाँचवटा अध्यादेश ल्याएको उनले जनाए ।

संसदीय प्रक्रियामा कानुन बनाउन केही लामो समय लाग्ने र मुलुकको आर्थिक सङ्कट लामो समयसम्म पर्खेर बस्ने अवस्था नभएकोले सरकारले त्यसको सुधारका लागि ती अध्यादेश ल्याएको उनको दावी छ । नेपालका व्यावसायिक संस्थाहरूले अध्यादेशको खुलेर समर्थन गर्नुले पनि यसको आवश्यकता पुष्टि भएको पोखरेलको भनाइ छ ।

राजनीतिक अस्थिरतामा खेल्न चाहनेहरूले यो सरकार आजै ढल्छ, भोलि नै ढल्छ भन्ने प्रचार गरिरहेका भए पनि त्यसमा कुनै सत्यता नरहेको उनले बताए । प्रतिपक्षमा हुँदैमा विरोध नै गर्नुपर्छ भन्ने मानसिकता त्याग्नु पर्नेमा उनको जोड छ । दुई पार्टीको समझदारीमा बनेको सरकार भएकोले सरकार ढल्ने कुनै सम्भावना नरहेको उनले बताए ।

लोकतन्त्रमा जनताले पत्याएका दलले नै शासन गर्नुपर्ने बताउँदै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गठबन्धन अप्राकृतिक भयो भन्दै मजाक गरेर हिँड्नु भएको पोखरेलले बताए । ‘कमजोरले शासन गर्ने होइन, ठुला दललाई सहयोग गर्ने हो, कमजोरले शासन गरेर देश कहिल्यै बन्दैन, बलियाहरूले नै हो, जनादेश पाएकाले नै हो देशको नेतृत्व गर्ने’, उनले भने ।

मधेसका समस्याका विषयमा एमाले अति संवेदनशील रहेको बताउँदै पोखरेलले मधेसको विकास कसैले गर्छ भने त्यो एमालेले मात्र गर्ने पोखरेलले प्रष्ट पारेका छन । नीतिगत रूपमा मुलुक सञ्चालन गर्न नसक्दासम्म देशले निकास नपाउने जनाउँदै उनले मुलुकलाई विकासको बाटोमा एउटा पार्टीले बहुमत सहित पाँच वर्षसम्म नेतृत्व गर्न पाउने उनले जनाए ।

आउने चुनावमा कांग्रेस र एमाले बिच एक्लाएक्लै चुनाव लड्ने सहमति भएकोसमेत उनले बताए । ठुला पार्टीको बुई चढेर साना पार्टीले चुनाव जित्दा देशमा अस्थिरता भएको उनको ठहर थियो ।

 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ३ : ०१ बजे

‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ मत विभाजनबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन

ऊर्जा मन्त्रालयले गठन गरेको छानबिन समितिलाई कामकाज गर्न नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत

चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल

जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति

नेपाल प्रहरीको ३१ औ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३१ औ प्रहरी महानिरीक्षकमा