२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

आइएमई पे मा रकम प्राप्त गर्दा रु ५०० बोनस पाइने



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा रु ५०० बोनस प्राप्त गर्न सकिने अवसर सार्बजनिक गरेको छ ।

विश्वको जुनकुनै देशमा रहेर कमाएको पैसा आइएमई पे मार्फत नेपालमा प्राप्त गर्न सकिन्छ ।

आइएमई पेमा रकम प्राप्त गर्दा रु दश हजार सम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ। त्यस्तै, कारोबारको रकम अनुसार पचास हजार, एक लाख र दुई लाख सम्ममा क्रमश १००, २०० र रु ५०० सम्म बोनस प्राप्त गर्न सकिनेछ ।

कारोबारमा संलग्न एकजनाले महिनाको दुई पटक सम्म बोनस प्राप्त गर्न सक्नेछन्। यो योजना मार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घर सम्मै पुग्ने विश्वासको समेत बृदि हुने कम्पनीले जनाएको छ ।

आफन्तको पैसा आईएमई पेमा प्राप्त गर्दा आफन्तले नै बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धि मुलक बन्न सक्ने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ५ : ०८ बजे

बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला

काठमाडौँ । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)

नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता

नवलपुर । नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्

बुटवलमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै

बुटवल। बुटवल उपमहानगरपालिकाका नगरबासीले वडाबाटै राष्ट्रिय परिचय पत्र (नागरिकता स्मार्ट

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा

बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट