२८ मंसिर २०८२, आइतबार | December 15, 2025

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान



काठमाडौँ । नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित २० थान सामसुङ मोबाइल उपलब्ध गराएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही माघ २ गते रामशाहपथस्थित कार्यालयमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेलाई मोबाइल हस्तान्तरण गरेका थिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नक्स प्रविधि प्रयोग भएका मोबाइल अरु मोबाइल भन्दा डाटा सुरक्षामा सुरक्षित र सुदृढ रहने हुँदा सार्वजनिक सुरक्षा, कानुनी कार्यसम्पादन गर्न तथा अरु ट्राफिकका दैनिक कामकाज डिजिटल रुपमा सञ्चालन गर्न प्रयोग गरिने जानकारी दिए ।

बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ट्राफिक व्यवस्थापन सरल र सहज गरि प्रविधिमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि मोबाइल फोन उपलब्ध गराइएको बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले नबिल बैंकको यस सहयोगले ट्राफिक प्रहरीको काम कारबाहीलाई छिटोछरितो अगाडि बढाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । “बैंकले उपलब्ध गराएको मोबाइलको प्रयोगले प्रविधिमैत्री सेवा प्रवाहमा थप प्रभावकारी हुनेछ, आगामी दिनमा पनि बैंकसँग सहयोग र सहकार्य जारी रहनेछ”, उनले भने ।

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । आगामी दिनमा पनि समाजको समग्र सुधारका कार्यक्रमलाई निरन्तरता दिइने बैंकको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : ३० बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर