३० चैत्र २०८१, शनिबार | April 12, 2025

ब्राजिलमा भेटियो अचम्मको माछा, जसका दाँत छन मान्छेका जस्ता



रियो दि जिनरियो । संसारमा माछाका धेरै प्रजाति रहेका छन्, तिनीहरूको पनि आफ्नै विशेषता छ । जस्तो कि, आकार प्रकार फरक हुने देखी कुनै माछाको तौल बढी हुन्छ भने केहीको लम्बाइमा बढी हुन्छ ।

यसै सिलसिलामा ब्राजिलमा माछाको नयाँ प्रजाति फेला परेको छ । अचम्म के भने यो माछाको दाँत मानिसको जस्तै देखिन्छ ।

वास्तवमा ब्राजिलकी एक महिलाले खानको लागि बजारबाट माछा किनेर घरमा ल्याएकी थिइन् । ग्रिलिङका लागि सफा गरिरहेकै बेला अचानक उनको नजर माछाको दाँतमा पर्यो । माछाको दाँत देखेर उनको आँखा रसाए किनभने वास्तवमा माछाको दाँत मानिसको जस्तै देखिन्थ्यो, उनले यसअघि कुनै माछाको यस्तो दाँत देखेका थिइनन् ।

त्यसपछि ती महिलाले माछाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिन् । नेटिजन्सले माछाको दाँत सामान्यभन्दा अलि ठूला र मानिसको दाँतको आकारमा भएको पनि पाइन् । सामुद्रिक जीव वैज्ञानिकहरूका अनुसार माछाले पानीमा रहेको शेलफिस र अन्य ठोस चीजहरू खानका लागि मानवजस्तै दाँत विकास गर्दै आएको छ । अहिले जीव वैज्ञानिकहरू त्यो माछाको तौल र आकारबारे थप जानकारी सङ्कलनमा व्यस्त रहेको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार त्यस्तो माछा भेटने महिलाको नाम पाउला हो। खासमा उनी आफ्नो परिवारको खानाको लागि माछा ग्रिल गर्दै थिइन् । यसै क्रममा अचानक उनको नजर माछाको दाँतमा पर्यो र ती दाँत सामान्य भन्दा ठूला देखिएका थिए । पाउलाले माछाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जसमा उनले माछालाई मुख खोलेको देखिरहेको थियो । यो भिडियोमा माछाको बङ्गारा र दाँत मानिसको जस्तै देखिए पछि अहिले सर्बत्र चासोका साथ हेरिन थालेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : २१ बजे

प्रतिनिधिसभाको एक स्थान रिक्त

काठमाडौं। प्रतिनिधि सभामा एक स्थान रिक्त हुन पुगेको छ। संघीय

नेपाल चारदेशीय टी-२० आई सिरिजको फाइनलमा

काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन

बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले