२९ पुस २०८१, सोमबार | January 13, 2025

बुटवल खाना महोत्सवका नाममा विद्यालय परिषरमै मदिरालय संचालन हुँदै (फोटो फिचरसहित)



बुटवल । “अतिथि देवो भव” को मुल नारा राखेर बुटवलमा आजबाट सुरु हुँदै गरेको खाना महोत्सव उदघाटन हुने दिनबाटै विवादमा तानिएको छ । विद्यालयको मैदानमा विद्यालयसँगै जोडेर मदिराका स्टलहरु र ठुलाठुला मदिराका विज्ञापन अङ्कीत बोर्डहरु झुण्डाइएपछि खाना महोत्सव विवादमा तानिएको हो ।

‘नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान’ भन्ने नारा दिएर खाना महोत्सवको आयोजना गरिएपनि खानाकै बराबर मदिराका स्टलहरु विद्यालयको मैदानमा बनेपछि सरकोरवालाहरुले त्यसको विरोध जनाएका छन् ।

रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा आजबाट (पुस २९) माघ २ गतेसम्म बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ आयोजना गरिएको हो । बिद्यालय परिषरमा गरिने महोत्सव कै मुख्य प्रायोजक सागर डिष्ट्रिलरि (रोयल ब्लु) र गोर्खा ब्रुअरीको सहप्रायोजनमा रहेको छ ।

बि.स २०७५ सालदेखि कालिकापथको इट्टाभट्टा लाइनमा खाना महोत्सव गर्दै आएको संघले यस वर्ष स्थानीयले विरोध जनाएपछि सिद्देश्वर स्कुलको मैदानमा खाना महोत्सव गर्न पुगेको हो । महोत्सवमा खानाको भन्दा मदिराको कारोबार बढी हुने भन्दै स्थानीयले ज्ञापनपत्र नै बुझाएर विरोध गरेपछि व्यावसायीहरु बाध्य भएर स्कुलको मैदानमा पुगेका हुन् ।

मदिरा नियमावली र शिक्षा नियमावलीले विद्यालय परिषर वा विद्यालय क्षेत्रको २०० मिटर भित्र मदिरा, चुरोट तथा सुर्तिजन्य वस्तुको बेचबिखनलाई बन्देज लगाएपनि होटल व्यवसायीहरुले विद्यालयकै स्वामित्वमा रहेको मैदानलाई खाना महोत्सवको जाममा मदिरालय बनाएका हुन् ।

सिद्देश्वर लालकुमारी माध्यमिक विद्यालयको मैदानमा हुने महोत्सवमा ७० वटा स्टलहरु राखिएका छन् जसमध्य अधिकांसमा मदिरा सेवनको प्रबन्ध मिलाइएको बताइएको छ । महेत्सव प्रवेश गर्ने मुल गेटबाटै मदिराको प्रचारबाट दर्शक प्रवेश गराएर मुख्य मञ्चमा पनि बियर तथा मदिराका प्रचार सामाग्रीले सजाइएको छ ।

यद्देपी आयाजकले थारु, मगर, नेवार लगायतका जनजातीको रैथाने परिकार महोत्सवमा राखिएको बताएको छ । आयोजकका अनुसार महोत्सवमा भजनकृतन देखि राष्ट्रिय कलाकारको साथमा डिजेसम्मका प्रस्तुति रहने छ । यसैगरि स्थानिय लोक दोहोरी साझका कलाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रम समेत गरिने छ ।

शैक्षिक संस्थाको कार्यक्षेत्रभित्र मदिरा सहितको महोत्सव गर्नु कदापी गलत भएको शिक्षा पत्रकार समाजका निवर्तमान अध्यक्ष कृष्ण मल्ल बताउँछन् । ऐन, कानुन र नैतिकताले पनि गर्न नमिल्ने कार्य कसैले गर्न नहुने उनले बताए ।

व्यवसायीहरुले विद्यालयको मैदान माग्न आउँदा नै आफुहरुले सुर्तिजन्य र मदिराको प्रतिबन्धित क्षेत्र भएको जानकारी गराएको सिद्देश्वर लालकुमारी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर न्यौपानेले बताए । विद्यालयले विद्यालय परिषरमा सुर्ति, चुरोट र मदिरालाई यस अघि नै प्रतिबन्ध लगाएको जानकारी दिँदै आयोजकलाई त्यस सम्बन्धमा स्पष्ट पारेको उनले दाबी गरे । विद्यालय स्थानीय तह मातहत रहेको बताउँदै अध्यक्ष न्यौपानेले स्थानीय तहले स्वीकृती दिए नदिएको आफुलाई जानकारी नभएको बताए ।

कालिका मानवज्ञान विद्यालयका शिक्षक तथा लेखक युवराज कंडेलले कानुन र ऐनमा व्यवस्था भएपनि विद्यालय परिषरमा मदिरा, हुक्का, सुर्ति, चुरोट बेच्न प्रतिबन्ध लगाउने व्यवस्था कार्यान्वयनमा नरहेको बताए । कतिपय विद्यालयले आफ्नै सटर भाडामा दिएर मदिरा बिक्रि भइरहेको बताउँदै उनले सिद्धान्ततः गर्न नहुने कार्य भइरहेको बताए । विद्यालय परिषर मै राजनीतिक सभा, मेला महोत्सव हुनु सामान्य जस्तै बनेको उनले बताए ।

खाना महोत्सवको मुख्य आयोजक रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले महोत्सव संचालन गर्न पाईने भनेरै कार्यक्रमको आयोजना गरिएको बताए । उनले महोत्सवको बुटवल उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट स्वीकृती लिएको दाबी गर्दै बुटवललाई चलायमान बनाउन कार्यक्रमको आयोजना गरिएको बताए ।

अध्यक्ष भण्डारीले जिल्ला प्रशासन र बुटवल उपमहानगरपालिकासँग अनुमति लिएको बताएपनि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जिल्ला प्रशासनमा अनुमतिका लागि निवेदन नआएको बताए । ‘इलाका प्रशासन वा स्थानीयतहबाट लिएका होलान्, जिल्ला प्रशासनबाट अनुमति दिइएको छैन ।’ उनले भने । सिडीओ घिमिरेले l बिद्यालय परिषरमा मदिराको l विज्ञापन र बेचबिखनको कुरा आफुले पनि सुनेको बताउँदै त्यस सम्बन्धमा प्रहरी मार्फत बुझ्दै गरेको जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पनि उपमहानगरबाट मदिरा बेचबिखनको अनुमति नगएको बताए । स्थानीय खाना प्रबर्धनमा उपमहानगर सकारात्मक रहेको बताउँदै उनले कानुनले रोकेको कुरालाई उपमहानगरले अनुमति नदिने स्पष्ट पारे । महोत्सवको उपमहानगरले अनुगमन गर्ने उल्लेख गर्दै कानुनको पालना गर्न सबैलाई आग्रह गरे ।

तीन करोडको कारोबारको लक्ष्य सहित आयाजेना हुने महोत्सवले मैदान प्रयोग गरे बापत बिद्यालयलाई भने १५ हजार मात्र दिने भएको छ ।

 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : ३५ बजे

लुम्बिनी प्रदेशले माघ २ गते सार्वजनिक विदा दिने

दाङ । लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक

रवि लामिछाने आज पनि हिरासत पठाइए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि

सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध

सोलुखुम्बू । सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा

बाँकेको जेठो सहकारीको खुद नाफा १४ लाख

खजुरा । बाँकेको जेठो सहकारीकारुपमा रहेको सहकारी संस्था लिमिटेडले आव

सिद्धार्थ इङ्ग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलमा खेल महोत्सव सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ शंङ्करनगरस्थित सिद्धार्थ