२९ पुस २०८१, सोमबार | January 13, 2025

मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा



काठमाडौं । काठमाडौंको गोकर्णेश्व्र नगरपालिका-४ जग्डोलबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भई काठमाडौंको बौद्ध नयाँबस्ती बस्दै आएका २६ वर्षीय समीर तामाङ छन् ।

वास्तविक नम्बर बागमती प्रदेश ०२-०२५ प ३१ २९  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२८ प १९ ७१ राखि समीरले चलाइरहेको अवस्था फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल भक्तपुर घर भएका पूर्ण बहादुर शाहीले यहि पुस २२ गते भक्तपुरकै च्यामासिंहबाट हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त जगाती भक्तपुर पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ  उपरीक्षक विनोद घिमिरेले जानकारी दिए  ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले सम्पूर्णमा अनुरोध गरेका छन्।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : ३० बजे

रवि लामिछाने आज पनि काठमाडौं अदालतमा उपस्थित हुदैँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

अर्थसहित पाँच समितिको बैठक बस्दै, स्वास्थ्यमन्त्री पनि जाँदै

काठमाडौं । संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ ।

आजको मौसम : पाँच प्रदेशमा फाटफुट वर्षाको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

काठमाडौं । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ

श्री स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा