५ चैत्र २०८१, मंगलबार | March 18, 2025

प्युठानको नारिकोटमा बुटवल हस्पिटलको स्वास्थ्य शिविर, ६ सय ४४ बिरामीले लिए सेवा



बुटवल । बुटवल हस्पिटल प्रा.लि.ले प्युठान जिल्लाको गौमुखी गाउपालिका वाड ७ को नारिकोटमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सोहि पालिकाको वडा न ७ संगको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

हस्पिटलका विशेषज्ञ चिकित्सकहरु मार्फत सो क्षेत्रका ६ सय ४४ जना विरामीले शिविरबाट सेवा लिएका हुन् । उनिहरुलाई अस्पतालले उपलब्ध गराएको औषधी समेत वितरण गरिएको थियो ।

शिविरको एक समारोहका विच गौमुखी गांउपालिकाका अध्यक्ष एवं नेपाल गाउपालिका महासंघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णु गिरीले उद्घाटन गरे । जिल्लाकै अत्यन्त विकट क्षेत्रका रुपमा रहेको नारिकोटमा बुटवल हस्पिटलले शिविर गर्नु त्यस क्षेत्रका नागरिकहरुका लागि निकै ठुलो अवसर भएको अध्यक्ष गिरीले बताए ।

उनले बुटवलमा रहेको बुटवल हस्पिटलले लामो समयदेखि बिरामीहरुको सेवा गर्दै आएकोमा अहिले आफै विरामीहरुकै घरमा आएर सेवा दिएको भन्दै अभार प्रकट गरे । अध्यक्ष गिरीले स्वास्थ्यका लागि पालिकाले पनि निरन्तर काम गर्दै आएपनि बरिष्ठ चिकित्सकहरुको अभाव र आर्थिक अवस्थाका कारण नागरिकहरु रोग पालेर बस्ने अवस्था रहेको धारणा राखे । उनले आगामी दिनमा पनि बुटवल हस्पिटल संगको सहकार्य रहरिहने विश्वाश व्यक्त गरे ।

सो अवसरमा पालिका उपाध्यक्ष महाविर रानाले शिविरबाट पाएको सुविधालाई आगामी दिनमा पनि निरन्तरता दिन अपिल गरे । बुटवलमा पाईने विशेषज्ञ सेवा गाउघरमै पाउने वातावरण निमार्ण गरिदिएकोमा उहांले अस्पताललाई आधार प्रकट गरेका थिए । कार्यक्रममा गौमुखी गाउपालिका वडा न ७ का वडा अध्यक्ष कोमल पुरीले स्वास्थ्य क्षेत्रमा स्थापित संस्था बुटवल हस्पिटल प्रा लि संग सहकार्य गर्न पाउदा निकै सन्तुष्टि मिलेको बताए ।

सो अवसरमा नारिकोट स्वास्थ्य चौकीका प्रमुख तारा जिसी, स्थानिय समाजसेवी विर बहादुर केसी, रेम बहादुर गिरी, कमल कुवंर, जुमान जिसी, हुकुम थापा, शिविर सहजिकरण गर्ने प्रविण कुवंर, भरतजंग क्षेत्री लगायतले शिविर नारिकोटका लागि फलदायी भएको बताए ।

शिविर सम्पन्न गर्नका लागि बुटवल हस्पिटल प्रा लि का महिला तथा प्रस्तुती रोग विशेषज्ञ डा विन्दु खरेल, वरिष्ठ फिजिसीयन डा सागर पौडेल, हाड जोर्नी रोग बिशेषज्ञ डा सञ्जीव आचार्य, मेडिकल अफिसर डा अमृत बस्याल, डा सुजन आचार्य, बुटवल हस्पिटलका सिनियर कर्मचारी राजु पौडेल, मार्केटिक म्यानेजर सुमन तिमिल्सीना लगायतको टिम प्युठान पुगेको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत बुटवल हस्पिटल प्रा लि ले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ६ : १८ बजे

वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

नवलपुर । मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

काठमाडौँ । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाली नारीको उत्थानका

बुबा र दाजुबाट यौन दुर्व्यवहार : महानगरको प्रतिवेदन बन्यो जाहेरी

काठमाडौं । काठमाडौँ महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट बालिका दुर्व्यवहारका

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा