३० चैत्र २०८१, शनिबार | April 12, 2025

सुर्यदर्शन सहकारी ठगी, कोसँग कति मागियो धरौटी ?



पोखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका ७ आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका ७ जना आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाइ ६५ लाख र गोर्खा मिडिया प्रालिका तत्कालिन प्रबन्ध निर्देशक जोशीसँग ८५ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।

यसैगरी लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, मिना गुरुङ र आरती गुरुङसँग ५–५ लाख, कृष्ण गुरुङसँग १ लाख धरौटी माग गरिएको अदालतका सुचना अधिकारी सुरजले जानकारी दिए ।

लामिछाने र जोशीबिरूद्द भने सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : ३० बजे

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा सञ्चालन

बुटवल । नयाँ वर्षसंगै युनिक डेन्टल एन्ड इम्प्लान्ट सेन्टर प्रा.लि.ले

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने विदेशी नागरिकलाई सजाय हुने

वासिङटन डिसी। अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले

पार्किन्सन रोगको प्रारम्भिक लक्षण पत्ता लगाउने विधिको विकास

जेरुसेलम। इजरायली अन्वेषकहरूले पार्किन्सन रोगको लक्षण देखिनु भन्दा धेरै अघि

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

चितवन । भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको