२५ पुस २०८१, बिहिबार | January 9, 2025

अत्याधिक चिसो बढेपछि तिलोत्तमा नगरपालिकाले दियो विद्यालयहरुमा सार्वजनिक बिदा



बुटवल । रुपन्देहीमा पछिल्लो केही दिनयता हुस्सु, कुहिरो र शितलहरसँगै चिसो बढेपछि रुपन्देहीका स्थानीय पालिकाहरुले विद्यालयमा सार्वजनिक बिदा दिने निणर्य गरेका छन ।

अत्याधिक चिसो बढेपछि तिलोत्तमा नगरपालिकाले पुस २५ गतेदेखि २९ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले एक सूचना जारी गरि नगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने बताए ।

यसअघि रुपन्देहीका तीन स्थानीय पालिकाले विद्यालयमा सार्वजनिक बिदा दिइसकेको छ । जिल्लाका दक्षिण भेगका मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा सोमबारदेखि जाडो बिदा दिइएको हो ।

सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म बिदा दिएका छन् । त्यस्तै कोटहीमाईले पुस २२ देखि पुस २९ गतेसम्म बिदा दिएको हो ।

चिसो अत्याधिक बढेका कारण बालबालिकाहरु तथा वृद्धवृद्धाहरुलाई सकेसम्म घर बाहिर ननिस्कन चिकित्सकहरुले सल्लाह दिएका छन् । सकेसम्म उनीहरुलाई न्यायो ठाउँमा बस्नुपर्ने बताइएको छ । यसैगरी अन्य उमेर समूहका व्यक्तिहरुले समेत न्यानो र बाक्लो कपडा लगाएर बाहिर निस्कन चिकित्सकहरुको सल्लाह छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : २४ बजे

अध्यक्षद्वय प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

८४ दिनपछि रवि लामिछाने थुनामुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त

काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने

काठमाडौं । उच्च अदालत पाटनमा प्रकाशनगृह ‘दियो मिडिया प्राइभेट लिमिटेड’ले

रवि लामिछाने तत्काल नछुट्ने, काठमाडौंसहित बयान लिइएका जिल्लाहरुमा लैजाने प्रहरीको तयारी

काठमाडौं । सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले धरौटी