२५ पुस २०८१, बिहिबार | January 9, 2025

सशस्त्रका ४ डिआईजीको १ वर्ष पदावधि थप



काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी) हरूको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेबाट लागु हुनेगरी सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गर्ने निर्णय गरेको हो ।

यसरी पदावधि थप हुनेहरूमा नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत डीआईजी कमल गिरी रहेका छन् ।

सशस्त्रको मुख्यालयले दुई साता अघि नै उनीहरूको पदावधि थप गर्न सिफारिस गरेको थियो । म्याद नथपिएको भए उनीहरूले आजै मध्यरातिबाट अवकाश प्राप्त गर्ने थिए ।

सशस्त्रको मुख्यालयको सिफारिस गृह मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेकोमा मंगलबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको पदावधि थप गरेको हो ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको कायम रहेको छ । २२ पुसमा उनीहरू डीआईजी भएको चार वर्ष पूरा हुँदैथियो । सशस्त्र प्रहरी नियमावलीको व्यवस्थाअनुसार उनीहरू अनिवार्य अवकाशमा जान लागेका थिए ।

तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १० : ०१ बजे

मुस्लिम समुदायको सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक,

एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । पोल्याण्ड पठाइ दिन्छु भनि प्रलोभनमा पार्ने एक ब्यक्ति

वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकले नेपाल

कास्की जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

पोखरा। कास्की जिल्ला अदालतको सुरक्षा व्यवस्था कडा पारिएको छ ।