२५ पुस २०८१, बिहिबार | January 9, 2025

चीनको दिङ्गे काउन्टीमा सात रेक्टरको भूकम्प गएको पुष्टि



काठमाडौं । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल-चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।

भूकम्पको काठमाडौं उपत्यका सहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।

केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स-साना भूकम्प गइरहेको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ८ : ०६ बजे

प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट : लुम्बिनीमा आजदेखि छनोट प्रतियोगिता

दाङ । लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट

डार्क सर्कलबाट पीडित हुनुहुन्छ ?, उसो भए यो उपाय अपनाउनुहोस्

काठमाडौं । डार्क सर्कल एक साझा समस्या हो, जुन आजकल

रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

बर्दघाट सुस्ता पश्चिम । चितवनको माडी नगरपालिका-१ मा रहेको वाल्मीकि

एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव

सूर्यदर्शन सहकारी प्रकरण : रवि लामिछानेलगायतको मुद्दामा आज आदेश आउन सक्ने

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ मुद्दामा आजै आदेश