५ चैत्र २०८१, मंगलबार | March 18, 2025

स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते



भक्तपुर । मध्यपुरथिमि नगरपालिका-२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा आज श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएका छन ।

सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२-०२८ प. ६६१० नं को स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको उनले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैं लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : ५१ बजे

शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

काठमाडौं । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको