२३ पुस २०८१, मंगलबार | January 7, 2025

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुईको मृत्यु, १८ घाइते



लस एन्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । यसको कारण भने खुल्न सकेको छैन । फुलर्टन प्रहरीले एक्समा भनेको छ, “दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।”

यसका साथै १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य आठ जनाको घटनास्थलमै उपचार गरिएको छ ।

एक प्रहरी अधिकारीले स्थानीय स्टेशन केटीएलएलाई बताएअनुसार मृतकहरू विमानका यात्रु हुन् वा उनीहरू विमान दुर्घटना भएको भवनमा काम गर्ने कामदार थिए भन्नेबारे तत्काल पुष्टि गर्न नसकिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । टेलिभिजन फुटेजमा भवनको छतमा प्वाल परेको र धुवाँ निस्केको देखिएको छ ।

“एक ठूलो आवाजसहित जहाज भवनमा ठाक्किँदा हामी तर्सियौँ र त्यसपछि भवनबाट भाग्न थाल्यौं,” घटनास्थलका प्रत्यक्षदर्शी मध्येका एक जेरोम क्रुजले सीबीएस न्यूजलाई बताए ।

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार उक्त विमान एकल इन्जिनमा निर्माण गरिएको आरभी-१० थियो, जुन चार सिट भएको सानो मोडेल थियो ।

गत नोभेम्बरमा फुलर्टन विमानस्थल नजिकै भएको अर्को दुर्घटनामा दुई जना घाइते भएका थिए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ३ : २५ बजे

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको

तेस्रो लिङ्गीको फरक अन्त्येष्टि : ‘रातमा मात्रै शव गाड्छन् र शवलाई जुत्ताले हान्छन्’

काठमाडौं । तेस्रो लिङ्गीहरूको संसार सबै हिसाबले आम मानिसभन्दा फरक

पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन लागेकामा बाबुरामको असहमति

काठमाडौं । पूर्व राष्ट्रपति र उपराष्ट्रपति दलीय राजनीतिमा फर्किन थाले

हराउँदै गयो गुन्द्री बुन्ने चलन

स्याङ्जा । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको

विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा (फोटोफिचर)

वासिङ्टन डिसी । विश्वको सबैभन्दा शक्तिशाली भवन मानिने ह्वाईट हाउस यतिखेर