२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ ।

आज नेप्से परिसूचक पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो ।

आज तीन सय नौ कम्पनीको ९४ लाख ३४ हजार नौ कित्ता शेयर ४३ हजार सात सय २९ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार तीन सय ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो ।

मङ्गलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ । वित्त समूह तीन दशमलव ८७, विकास बैंक एक दशमलव ६८ र जलविद्युत् समूह एक दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव ९५, लगानी शून्य दशमलव शून्य नौ, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, निर्जीवन बिमा शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव ६३ प्रतिशतले बढको छ ।

अरु समूहको उपसूचकमा भने गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७२, जीवन बिमा शून्य दशमलव शून्य छ, लघुवित्त शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको हो ।

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २१ करोड ८२ लाख १७ हजार तीन सय ४९ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन्राइज ब्लुचिप फण्डको १७ लाख ३४ हजार पाँच सय ८९ कित्ता शेयर किनबेच भएको छ ।

 

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ४ : ०२ बजे

बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला

काठमाडौँ । चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)

नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता

नवलपुर । नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्

बुटवलमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै

बुटवल। बुटवल उपमहानगरपालिकाका नगरबासीले वडाबाटै राष्ट्रिय परिचय पत्र (नागरिकता स्मार्ट

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैन : भौतिकमन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा

बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट