२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम प्रति सञ्चारमन्त्रीको गुनासो



पोखरा । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउनु दुःखको कुरा भएको बताएका छन् ।

पोखरामा शनिबारदेखि सुरु भएको २६ औँ सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको २–३ महिना हुँदा पनि ती बुँदा कार्यान्वयन नभएको भन्दै आलोचनासमेत गरेका छन ।

२० बुँदे कार्ययोजना पारित भएको यति लामो समय हुँदा पनि कार्यान्वयन नभएकोमा आपत्ति प्रकट गर्दै मन्त्री गुरुङले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुपर्ने बताए ।

गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू सम्बन्धित अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनुपर्नेमा जोड दिए । त्यसका लागि सम्बन्धित मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवस्था मिलाउनु पर्ने बताए ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानका साथै अन्य ६ वटा प्रदेशलाई हवाई सञ्जालमा जोड्नु पर्ने गुरुङको भनाइ छ । यो गर्न सक्दा पोखरालाई पर्यटन, शिक्षा र स्वास्थ्यको हब बनाउन सकिने उनको धारणा छ । ‘पोखरालाई शिक्षा, स्वास्थ्यलगायतका केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ, यहाँ डेटा सेन्टर बनाउन सकिन्छ, धौलागिरि, अन्नपूर्ण, मनास्लुजस्ता हिमशृङ्खला रहेको गण्डकी प्रदेशमा माउन्टेन फ्लाइटका माध्यमबाट पर्यटकीय विकास अघि बढाउन सकिने भएकाले यसतर्फ लाग्न आवश्यक छ’, गुरुङले भने ।

प्रदेशको पर्यटन विकासका लागि संघको मुख ताकेर बस्न नहुने पनि उनले बताए । आफ्नो क्षमताले भ्याउने काम गरेर पोखराको विकासलाई गतिदिन आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ११ : ३५ बजे

लेक लागेर पर्यटकको मृत्यु

मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना

सरकार नसुध्रिए बंगलादेश र श्रीलंका बनाउने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट

लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षको जिम्मेवारी योग गुरुङलाई

बुटवल । लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारणसभाले योग गुरुङलाई

वन क्षेत्रबाट अपेक्षा अनुसार राजस्व संकलन नहुँदा मुख्यमन्त्री आचार्यको गम्भीर चिन्ता : करको दायरामा ल्याउन जोड

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रबाट अपेक्षाअनुसार