१२ पुस २०८१, शुक्रबार | December 27, 2024

प्रभु बैंकले गर्यो विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलसँग सम्झौता



काठमाडौ । प्रभु बैंकले विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलसँग विशेष सम्झौता गरेको छ ।
बैंकले कमलादी स्थित विभान्ता डेन्टल हस्पिटल तथा धुम्बाराही स्थित हिमाल डेन्टल हस्पिटलसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित डेन्टल हस्पिटलको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २०% छुट पाउने भएका छन । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलमा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पीटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाको संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको हो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ४ : ०६ बजे

पच्चीस न्यायाधीशको सरूवा सिफारिस (निर्णय सहित)

काठमाडौँ । न्याय परिषद्को आज बसेको बैठकले विशेष, उच्च र

नक्कली डाक्टर बनेर लुटपाट गरेपछि…

काठमाडौं । जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन्

स्वदेशी वस्तुको प्रयोग वृद्धि र रूग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको

बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि

चितवन । चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको