५ पुस २०८१, शुक्रबार | December 20, 2024

अध्यक्ष नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक गौतमबीच भेटवार्ता



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर आज बेलुकी भेटवार्ता गरेका हुन् । पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने निर्णय गरेको विषयमा छलफल गरिएको छ ।

एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डिबी कार्कीसहितको उक्त भेटमा दुई पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिट्टै एकता गर्नेबारेमा सकारात्मक छलफल भएको एकीकृत समाजवादीको सचिवालयले जनाएको छ ।

करिब दुई घण्टा लामो भेटवार्तामा नेताहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता तथा सहकार्यलगायत विषयमा छलफल गरिएको बताइएको छ । गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ स्थापना गरी वामपन्थी दललाई एकताबद्ध गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  १० : ३३ बजे

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । बिहीबार स्थगित मन्त्रिपरिषद‍् बैठक आज बस्ने भएको छ।

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको दोस्रो पटक म्याद थप

दमौली । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)को म्याद दोस्रो

‘भ्युटावर’ हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन

कञ्चनपुर । मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका-९ सुन्दरपुरका तारणीप्रसाद पन्त

महिला यु-१९ एसिया कप : नेपाल बङ्गलादेशसंग भिड्दै

काठमाडौं । मलेसियामा जारी महिला यु-१९ एसिया कपको ‘सुपर-४’ मा

चुरेमा चिउरी रोप्न दाता खोजिँदै

काठमाडौं । चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्नका लागि यतिबेला