४ पुस २०८१, बिहिबार | December 19, 2024

लुम्बिनीमा बिहार र होटल व्यवसायीबीचको विवाद अन्त्य, सहमतिमा बन्यो कार्यबिधि



बुटवल । बिश्वभरी शान्तिको अग्रदुतकारुपमा परिचित गौतमबुद्धको जन्मस्थलमा लामो समयदेखि चल्दै आएको होटल ब्यवसायी र बिहार संचालकहरुबीचको द्वन्द्व समाधान भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको पहलमाबुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा रहेका होटलहरुको संस्था लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्रबीचको विवाद समाधान भएको हो । उपाध्यक्ष डा.लामाको पहलमा बुधबार होटल व्यवसायी र बिहार संचालहरुबीच ८ बुँदे सहमति भएको छ ।

विकास कोषको अगुवाईमा लुम्बिनी होटल संघ, लुम्बिनी साँस्कृतिक नगरपालिका र जिल्ला प्रशासन रुपन्देहीको उपस्थितीमा होटल र विहारका विषयमा देखिएका समस्याहरु समाधान गर्ने गरी कार्यविधि तयार भएसँगै दुबै पक्ष सहमतिपत्रमा हस्ताक्षर गर्न सहमत भएका हुन् ।

रुपन्देही क्षेत्र नंं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामासहित होटल व्यवसायी, विहारका प्रतिनिधिहरुको बैठकले विवाद समाधान गर्दै कार्यविधि कार्यान्वयन गर्ने सहमतिसहति दुबै पक्षले प्रतिबद्धता जनाएको छ ।

बैठकमा बोल्दै दुई पक्ष बीचमा भएको सहमति पूर्ण रुपमा कार्यान्वयन गर्न विकास कोषका उपाध्यक्ष डा. लामाले निर्देशन दिए । उनले आफू लुम्बिनीमा आध्यात्मिक वातावरण बनाउन दिनरात खटिएको बताउँदै यो सहमतिसँगै लामो समयदेखि होटल व्यवसायी र गुम्बाविहारका बीचको विवाद अन्त्य भएको जनाए ।

उनले बिहार र व्यवसायीबीचको विवादका कारण अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको गलत सन्देश गइरहेकोमा त्यसको अन्त्य भएको बताए । होटल व्यवसायी र गुम्बाविहारका प्रतिनिधिहरु बीचको छलफलबाटै कार्यविधि तयार पारिएकाले अब यसको कार्यान्वयन सबै मिलेर गर्नुपर्ने उनले बताए ।

उपाध्यक्ष डा. लामाले अब सबै मिलेर बुद्धजन्मस्थल लुम्बिनीमा विश्वभरका बौद्धमार्गीहरुलाई आर्कषित गर्न सक्नुपर्ने बताए ।

उनले भिक्षु, लामा गुरुहरु लुम्बिनी आउन पाउँदा निकै खुशी हुने बताउँदै उपाध्यक्ष डा. लामाले सामान्य विवादले पनि अन्तर्राष्ट्रियस्तरमा गलत सन्देश जाने भएकाले सबै सचेत हुनुपर्ने बताए ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बाहरुमा तीर्थयात्रीहरुलाई होटलमा जस्तै सुविधा दिएर राख्ने गरिएका कारण लुम्बिनी क्षेत्रमा होटल व्यवसाय धारासायी भएको भन्दै होटल व्यवसायीहरुले विरोध जनाउँदै आएका थिए । गुम्बा र बिहारहरुमा विदेशी पर्यटकलाई राख्ने गरिएको भन्दै व्यवसायीहरुले आन्दोलन गर्दा लुम्बिनीमा आएका धार्मिक पर्यटकहरु असुरक्षित महसुस गरि रात नकाटी फर्कने गरेको समेत देखिएको अवस्थामा यो सहमतिपछि लुम्बिनी आएका पर्यटकहरुको बसाईको समय लम्बिने अपेक्षा गरिएको छ । कोषको पहलमा लुम्बिनीमा व्यवसायी र बिहारहरुबीच सह अस्तित्व कायम हुनेगरि लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको छ ।

छलफल कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य घिमिरेले लुम्बिनीमा गुम्बा विहार र होटल व्यवसायीबीचको विवादलाई कार्यविधि बनाएर हल गर्नु निकै सकरात्मक भएको बताए ।

उनले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यहाँ विश्वभरका पर्यटकरुलाई आर्कषित गर्ने गरी वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनीमा सरसफाईको समस्या जटिल भएकाले यसतर्फ ध्यान दिएर कार्य गर्न सम्बन्धित पक्षलाई सुझाव दिए ।

गुम्बाविहार र होटल व्यवसायीबीच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । उनले आफुहरुबाट कार्यविधिको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै बिहारहरुबाट पनि त्यस्तै अपेक्षा गरिएको बताए ।

कार्यविधिले गुम्बाविहारमा निश्चित संख्यामा भिक्षु, लामा भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादाताहरुलाई मात्रै राख्न पाउने व्यवस्था गरिएको छ । होटल व्यवसायीहरुले समेत गुम्बाविहारमा आएका धार्मिक तीर्थयात्रीहरुलाई आफ्नै पाहुना सरह आत्मिक स्वागत सत्कार गर्नुपर्ने कार्यबिधिमा उल्लेख छ ।

छलफलमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईलगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ९ : ४५ बजे

‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔँ’

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरि रुपमा हुने सरुवा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक चाडो टुङ्ग्याउन सुझाव

काठमाडौं । सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकलाई परिस्कृत गरेर अगाडि

दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला

झापा । दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा

सिद्धबाबामा ढुंगा खसेर सुरुङमार्गको कम्प्रेसर मेसिन ध्वस्त, एकतर्फी बाटो अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा खसेको पहिरोका कारण राजमार्ग

घुम्न जाउँ बर्दिया अभियान सुरु, एकपटक बर्दिया पुग्न मुख्यमन्त्रीको आह्वान

बर्दिया । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर