३ पुस २०८१, बुधबार | December 18, 2024

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स क्लालिफायर टुमा प्रवेश



काठमाडौं । कर्णाली याक्स चितवन राइनोजलाई पराजित गर्दै एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेसँगै क्वालिफायर टुमा प्रवेश गरेको हो ।

१७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा १५४ रन मात्र बनाउन सक्यो । अब कर्णालीले क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।

चितवनका लागि रवि बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५३ रन बनाउन सके । कप्तान कुशल मल्लले २१ रन बनाए ।

कर्णालीका जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २÷२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।

त्यसअघि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतकको मद्दतमा कर्णालीले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ५१ बजे

नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै

आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकको अधिकार संरक्षणमा

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुरलाई

विकास निर्माणमा बुटवलका मेयरले मागे जनताको निगरानी

बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले विकास निर्माणमा

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र