३ पुस २०८१, बुधबार | December 18, 2024

चितवनले कर्णालीविरुद्ध पहिले बलिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवनले कर्णालीलाई सुरुमा ब्याटिङको निम्तो दिएको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्दै कर्णालीका कप्तान सोमपाल कामीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

लिग चरणको अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन र चौथो स्थानको कर्णाली याक्सको भिडन्त इलिमिनेटरमा हुन लागेको हो ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल मल्लको कप्तानीमा रहेको चितवनको खेलका विजेताले दोस्रो क्वालिफायर खेल्न पाउने छन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ ।

लिग चरणका सातमध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन् ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ९ : ०१ बजे

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स क्लालिफायर टुमा प्रवेश

काठमाडौं । कर्णाली याक्स चितवन राइनोजलाई पराजित गर्दै एनपीएलको क्वालिफायर

त्रिविको जग्गा जसरी पनि फिर्ता गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले

जुम्लाको बड्कीमा पक्की स्वास्थ्यचौकी निर्माण

जुम्ला । हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्यचौकीको पक्की भवन

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई सुनिलकुमार पोखरेलको इजलासमा

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दाको पेसी