२७ फाल्गुन २०८१, मंगलबार | March 11, 2025

रवि लामिछानेसहितका आरोपितहरुलाई अदालत लगियो, म्याद थपको अनुमति माग्ने प्रहरीको तयारी



पोखरा । सहकारीको रकम हिनामिना प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराइएको छ ।अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले आज लामिछानेसहितका सोही मुद्दामा हिरासतमा रहेकाहरुलाई अदालत उपस्थित गराएको हो ।

गोर्खा मिडियाको पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो ।

ष्त सोमबार मात्र प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयमा अनुसनधान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान थालेको ८४ दिनपछि तयार पारिएको सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार छन् । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि प्रहरीले अझै केही दिन म्याद थपेर उनीहरुलाई हिरासतमै राख्ने गरि अदालतसँग अनुमति माग्ने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले अझै केही दिन म्याद थप्न अनुमति माग्ने प्रहरीको तयारी छ । त्यही प्रयोजनका लागि आज बिहान लामिछाने सहितलाई अदालत उपस्थित गराइएको हो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १० : ५८ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई

गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत

महोत्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजावादीहरुको सक्रियतालाई

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन्

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको