७ पुस २०८१, आइतबार | December 22, 2024

जनताले मनमनै फैसला गरिसके, जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो : अध्यक्ष प्रचण्ड



बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन । रुपन्देहीको तिलोत्तमामा आज (शनिबार) आयोजित नेकपा (माओवादी केन्द्र)सँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन ।

अध्यक्ष प्रचण्डले भने, “पछिल्लो समय जहाँ गए त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन । प्रतिक्रियावादी जालिझेलिहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन् । हामी समाजवादी नयाँ आन्दोलन मार्फत त्यसको प्रतिवाद गर्नेछौं । भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्दिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ । को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घिडा देखिएको भन्ने संकेत देखिएको छ ।”

अध्यक्ष प्रचण्डले थपे, “जनताले मनमनै फैसला गरिसकेको छ । जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो, परिर्वतनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ ।”

माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्म ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उनले बताए । आफु सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दुरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, “म सरकारमा रहँदा भ्रष्टाचारीहरुलाई कारबाही अगाडि बढाए। धेरै राजनतिक नेताहरु, ठुला ठुला कर्मचारी, भुमाफियाहरुलाई कारबाही गरी राज्यको सम्पती जनताको हातमा ल्याउने काम गरे । भ्रष्टाचारीहरुहरुविरुद्धको कारबाही अगाडि बढाउदा म प्रचण्ड नै अगाडि देखिए त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो । मिटरब्याज पिडितहरुको समस्या समाधान गर्न ऐन ल्याएर नै समाधान गर्न मिहनेत गरियो। त्यसैगरी विदेसमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरियो । अर्थतन्त्रको सुधारका लागि पहल सरकारबाट लिइयो ।”

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न निर्देशन समेत उनले दिए ।

देशको निम्ति, उत्पिडित वर्ग समुदायको निम्ति, राष्ट्रको स्वाधिनता र एकताको रक्षाका निम्ति, संविधानको रक्षाको निम्ति, सबै उत्पिडित वर्ग समुदाय, किसान मजदुरको हक र हितको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउनुपर्छ भन्ने कुरा जनता र माओवादी केन्द्रसँग एकताको प्रक्रियामा आउने र आउँन चाहेका सबैमा पर्दै गएको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, “म खुसी व्यक्त गर्न चाहान्छु हाम्रो पार्टीमा विभिन्न पार्टीका नेताहरु प्रवेश गर्ने लहरले माओवादी केन्द्र बन्ने दिशामा छ भन्ने देखिएको छ । ठुलो बलिदान मार्फत देशमा सबै वर्गको हक अधिकार स्थापित गरेका छौं । जनताले पाएको अधिकार खोस्न खोजिएको छ हामी त्यसो हुन दिंदैनौं ।”

कार्यक्रमा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित जनमुक्ति पार्टीका नेताकार्यकर्ताको ठुलो टिम माओवादी केन्द्रमा समाहित भएको थियो । साथै, कांग्रेस-एमाले परित्याग गरी कांग्रेस-एमालेका नेता कार्यकता समेत माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ५ : ४० बजे

रवि लामिछाने विरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा पेश

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको

शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को

कालिका मानवज्ञानको उपलब्धि प्रदेशका अन्य विद्यालयहरुका लागि बलियो सिकाई : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिका मानवज्ञान विद्यालयले

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ ।