४ पुस २०८१, बिहिबार | December 19, 2024

लुम्बिनीमा आठ वर्षपछि शाक्यमोन्लम पूजा



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि ३३औँ शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा आठ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा सुरु गरिएको हो ।

पच्चीस वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्षसम्म रोकिएको थियो । एकचालिसौँ शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले १० दिने मोन्लम पूजाको शुभारम्भ गरेका हुन् । उक्त अवसरमा उपाध्यक्ष डा लामाले भारतका ४१औँ शाक्य ठ्रिछेनको उपस्थितिमा विश्वकै ठूलो शाक्य मोन्लम पूजा गर्न पाएकामा खुसी लागेको बताए । उनले लुम्बिनीलाई आध्यात्मिक वातावरण बनाउन विभिन्न पूजा गर्ने गरिएको उल्लेख गर्दै शाक्य मोन्लम पूजाको निरन्तरताले ठूलो ऊर्जा थपेको बताए । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषसहित लुम्बिनी सांस्कृतिक नगरपालिका, होटल व्यवसायी, स्थानीय तथा सम्पूर्ण बौद्ध सम्प्रदायले प्रत्येक वर्ष यो पूजाको निरन्तरता चाहेको सन्देश दिएकोसमेत बताए ।

पूजामा विभिन्न मुलुकका लामा, भिक्षुभिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीको उपस्थिति रहेको छ । बिहानैदेखि लुम्बिनीमा गरिने प्रणिधान र बुद्ध पाठले लुम्बिनी गुञ्जायमान बनेको छ । जगत्को कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्रणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको छ ।

बौद्ध परम्पराअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको छ । पूजामा लामा, भिक्षुभिक्षुणी, उपासक एवं उपासिकाको उपस्थिति छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : ०० बजे

अध्यक्ष नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक गौतमबीच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन

सर्वोच्च अदालतले भन्यो : ‘सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न पाइँदैन’

काठमाडौं । सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न

औद्योगिक व्यापार मेला २०८१ : वित्तीय साक्षरता एव उद्यमशीलता सम्बन्धि गोष्ठी सम्पन्न

बुटवल । बुटवलमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेलाको अवसरमा

सरकारका कमजोरीलाई रचानात्मक खबरदारी गर्नुहोस् : मुख्यमन्त्री कंडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सरकारलाई कमजोरीलाई रचानात्मक