५ चैत्र २०८१, मंगलबार | March 18, 2025

जो फेसबुकमै चिनजान र प्रेमपछि नांगिए, सम्बन्ध बिग्रिएपछि तस्बिर-भिडिओ सार्वजनिक



काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएर प्रेम गर्ने, अश्लील तस्बिर आदानप्रदान गर्ने र अन्तिममा चरित्र हत्या तथा ‘ब्लाकमेलिङ’ गर्ने तरिका नौलो रहेन।

यसै सन्दर्भमा तीन वटा फेसबुक चिनजान, प्रेम, तस्बिर-भिडिओ आदानप्रदान र चरित्र हत्याका प्रकरण सार्वजनिक भएका छन्।

प्रहरीले यस कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका घर भएका ३९ वर्षीय बिहानीबहादुर अधिकारी रहेका छन्।

साइबर ब्युरोको टोलीले उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा अगाडि बढाएको छ।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक भागेन्द्रपुरुष ढकालका अनुसार अधिकारीले एक युवतीलाई फेसबुकमा चिनजान गरेका थिए। कुराकानी हुने क्रममा उनीहरूको प्रेम नै पर्‍यो। त्यसपछि त दुबै नांगिन थालिहाले। तस्बिरहरू आदान-प्रदान हुन थाल्यो। अधिकारीले त्यस्ता तस्बिर सुरक्षित तरिकाले राखे।

विस्तारै सम्बन्धमा खटपट सुरू भएपछि अधिकारीलाई रिस उठ्यो। उनले युवतीका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाउन थाले।

अधिकारीले यस्तो हैरानी दिएपछि युवती प्रहरीमा उजुरी गर्न पुगेकी थिइन्।

अर्को घटनामा भरतपुर महानगरपालिका वडा नम्बर १२ का ३७ वर्षीय रुपक शर्मा पौडेललाई प्रहरीले शुक्रबार काठमाडौंमा पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक ढकालका अनुसार उनको धन्दा पनि अधिकारीको जस्तै हो। एक युवतीलाई उनले सामाजिक सञ्जाल फेसबुकमा चिनजान गरे।

त्यसपछि उनीहरू दुबै पनि नांगा तस्बिर आदान-प्रदान गर्न थाले। खटपट सुरू भएपछि पौडेलले त्यस्ता तस्बिर ह्वाट्सएप ग्रुपमा पठाउन थाले। बेइज्जती सहन नसकेर युवती प्रहरीमा पुगिन्।

अर्को घटनामा सप्तरी बोदेबरसाइन नगरपालिका वडा नम्बर ६ फुल्काई घर भएका २४ वर्षीय जगदीशप्रसाद यादव पक्राउ परेका छन्। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाट शुक्रबार पक्राउ गरेको हो।

उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा थिए। कतारबाट फर्किरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रहरी उपरीक्षक ढकालका अनुसार यादवले फेसबुकमा एउटी युवतीसँग चिनजान गरेका थिए। केही समयमै दुबै जना निकट भइहाले। अनि सुरू भयो – नग्न हर्कत।

सम्बन्धमा रहँदा खिचेका अश्लील तस्बिर र भिडिओ यादवले जतन गरेका थिए।

सम्बन्धमा खटपट आएपछि यादवले युवतीका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाउन थाले। चरित्र हत्या भएर हैरान भएपछि युवती प्रहरीमा पुगिन्।

यादवलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

‘फेसबुकमै चिनजानपछिको सम्पर्कले युवतीहरूलाई हैरानी मात्रै दिएको छैन, चरित्र हत्या भएर सामाजिक रूपमा उपस्थित हुनसमेत डराउनुपर्ने स्थिति सिर्जना भएको छ,’ खतिवडाले भने, ‘यी घटनाले सामाजिक सञ्जालमा चिनजान भएर त्यहीँ अश्लील गतिविधि गर्दा नकारात्मक परिणाम भोग्नुपर्ने देखाएको छ।’

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ३४ बजे

‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ मत विभाजनबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन

ऊर्जा मन्त्रालयले गठन गरेको छानबिन समितिलाई कामकाज गर्न नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत

चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल

जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति

नेपाल प्रहरीको ३१ औ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३१ औ प्रहरी महानिरीक्षकमा