२३ पुस २०८१, मंगलबार | January 8, 2025

नागरिकले अपनत्व लिने गरि कार्यक्रम प्राथमिकता निर्धारण गर्न मुख्यमन्त्री कंडेलको सुझाव



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले विकास साझेदार संस्थाहरुलाई नागरिकले अपनत्व लिने गरि सहयोगका प्राथमिकता निर्धारण गर्दा सुझाव दिएका छन् । सयुंक्त राष्ट्र संघ विकास कार्यक्रमको नेपालस्थित राष्ट्रिय आवसिय प्रतिनिधि क्योको योकोसुदासँग आज आफनै कार्यकक्षमा छलफल गर्दे मुख्यमन्त्री कँडेलले दातृ निकायहरुबाट ठूलो मात्रामा सहयोगहरु भइरहेको तर त्यस्तो सहयोगले अपेक्षित परिणाम हासिल नभएको भन्दै सहयोगका प्राथमिकतालाई निर्धारण गर्दा नागरिकले अपनत्व लिने गरि निर्धारण गर्न सुझाव दिएका हुन् ।

‘नेपालमा ठूलो मात्रामा तपाईहरुको सहयोग छ, हामीलाई सहयोगको निरन्तर आवश्यकता पनि पर्दछ,’ मुख्यमन्त्री कंडेलले भने, ‘हाम्रो चासो तपाईहरुले गरेको सहयोगलाई नागरिकले बढी भन्दा बढी अपनत्व लिएर सन्तुष्ट होउन भन्ने हुन्छ ।’

कतिपय विकास साझेदार संस्थाले तल्लो तहको आधारभूत आवश्कता भन्दा केन्द्रमा बसेर कार्यक्रमहरुको तोक्ने गरेको जनस्तरबाट गुनासाहरु आएको बताउदै मुख्यमन्त्री कंडेलले आवासिय प्रतिनिधि योकोसुदालाई जनतिनिधि निकायसंग समन्वय गरेर कार्यक्रमका प्राथमिकता तोक्न सुझावसमेत दिए । मुख्यमन्त्री कंडेलले अशिक्षा र चेतनाको अभावको कारण विगतमा अधिकारमुखी कार्यक्रमहरुमा विकास साझेदार संस्थाहरुको जोड प्राथमिकता भएपनि अव अधिकारमुखी कार्यक्रमलाई भन्दा पूर्वाधार विकासमा सहयोग बढाउन गरे ।

विकास विकास सूचकांकमा कर्णालीका धेरै जसो क्षेत्र नकारात्मक रहेको चर्चा गर्दे मुख्यमन्त्री उले धेरै कार्यक्रमभन्दा बरु थोरै क्षेत्रमा हात हाल्ने तर परिणाम निस्कने गरि काम गर्न सुझाव दिए । उनले भने, “विकास साझेदार संस्थाका कार्यक्रमहरु जताततै देखिन्छन तर अपवादबाहेक जनताले प्रशंसा गरेको कतै सुनिदैन।”

तीन तहको सरकारको संरचना भएपनि दातृ संस्थाहरुले कार्यक्रम छनौट गर्दा संघीय सरकारसंग मात्र समन्वय गर्दा कार्यक्रमहरुमा दोहोरोपना देखिएको मुख्यमन्त्री कंडेलको भनाई थियो । मुख्यमन्त्री कडेलले प्रदेश सरकार दातृ संस्थाहरुलाई काम गर्ने उपयुक्त वातावरण बनाउन सदैब तयार रहेको बताउँदै साझेदार संस्थाहरुले पनि कार्यक्रम छनौट अघि समन्वय गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कंडेलले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पबाट प्रभावित करिब एक सय शिक्षण संस्था र स्वास्थ्य चौकी प्रदेश सरकारले पुर्ननिर्माण गर्न लागेको जानकारी दिदै नागरिकको निजि आवास पुर्ननिर्माण हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

छलफलमा आवासिय प्रतिनिधि योकोसुदाले आफू पहिलो पटक कर्णालीको भ्रमणमा आएको र यहाँ उठेका विषयहरुबारे छलफलको माध्यमबाट समाधान गर्ने बताइन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ८ : ४४ बजे

प्रधानमन्त्रीद्वारा चीनमा गएको भूकम्पप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा गएको विनाशकारी भूकम्पले

सशस्त्रका ४ डिआईजीको १ वर्ष पदावधि थप

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी)

भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, सामान्य भौतिक क्षति, चनाखो हुन अनुरोध

काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज

१६ बुँदे प्रस्ताव पास गर्दै एकदिन अगावै सकियो माओवादी बैठक

काठमाडौं । पुस २१ देखि २४ गतेसम्मका लागि बोलाइएको नेकपा

सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वप्रधामन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष