२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कामकाज उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोकेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज चीनतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई दिइएको हो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १ : ५४ बजे

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : सास्कृतिक एकता र सद्भावमा जोड

बुटवल । साँस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले

रङहरुको पर्व फागुः भक्तपुरका नेवाः समुदायमा पृथक ढङ्गको फागु

भादगाउँ । रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौँ उपत्यकासहित

समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन

‘सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले