२४ पुस २०८१, बुधबार | January 8, 2025

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ



सिरहा । स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आइतबार नियन्त्रणमा लिई आवश्यक बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । घट्नामा प्रयोग भएको गाडी र सङ्लग्न व्यक्तिको पनि पहिचान भइसकेको पनि प्रहरी उपरीक्षक पण्डितले बताए ।

नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार बिहान मृत्यु भएको थियो । ठक्कर दिएर उक्त स्कोरपियो भारततर्फ फरार भएको थियो ।

मृतक यादवको लहानस्थित प्रादेशिक अस्पतालमा शव परीक्षण गरी आइतबार साँझ नरहा गाउँपालिका ४ स्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको थियो । यसअघि अवैध मदिरा ओसारपसार गरिरहेको गाडीलाई रोक्न खोज्दा योजनाबद्ध रूपले किचेर हत्या गरेको आरोप लगाउँदै आफन्तसहित स्थानीय बासिन्दाले पूर्व–पश्चिम सडकको लहानखण्ड अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १ : ४५ बजे

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

काठमाडौं । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो

के तपाई जाडोमा ऊनीको कपडा लगाएर सुत्नुहुन्छ ?, यस्तो छ हानिकारक कुरा

काठमाडौं । जाडोमा मानिसहरु चिसोबाट बच्न ऊनी र न्यानो कपडा

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

ताप्लेजुङ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि

पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

वीरगञ्ज । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन