१३ मंसिर २०८१, बिहिबार | November 29, 2024

नियमित अन्तर्राष्ट्रिय हवाइ उडानका लागि मुख्यमन्त्री आचार्यको संघ सरकारसँग ३ माग



भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा नियमित हवाई उडानका लागि भिसा स्वीकृति, श्रम स्वीकृति, स्वास्थ्य परिक्षणको काम यहीँबाट गर्नेगरी प्रदेश सरकारले पहल लिएको बताएका छन् ।

गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना बिषयक छलफल कार्यक्रमलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय उडानले बुटवल भैरहवामा मात्र नभई सिंगो लुम्बिनी प्रदेशमा उत्साह जगाएको बताउदै संघीय सरकारलाई यहाँबाट भिसा स्वीकृति, श्रम स्वीकृति र स्वास्थ्य परिक्षणको काम अघि बढाउन आग्रह गरे ।

विमानस्थल सञ्चालनमा आएपछि लगानीको थप वातावरण तयार भएको बताउदै उनले सरकारले लगानीमैत्री कानुन बनाउने जानकारी दिए । प्रदेश भित्र सरकारले लगानीको वातावरण वनाउन कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।ञमन खोलेर लगानी गर्नुस, सरकार वातावरण बनाउन प्रतिबद्ध छ । कानुन बाधक छन भने हामी त्यसलाई संशोधन गर्न तयार छौं,ु उनले भने,ञव्यवसायी साथिहरुले उद्योग, व्यवसमा लगानी गर्नुपर्छ । तर, अहिले साथिहरुले शेयर बजारमा ध्यान दिएको जस्तो लाग्छ । उद्योग, व्यवसायबाट उत्पादन र आम्दानी बढाउन सकिन्छ ।झ

विमानस्थल सञ्चालनको लागि लुम्बिनी प्रदेशको सिंगो मन्त्रीमण्डल डेलिगेसन गएको स्मरण गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि प्रदेश सरकारले पहलकदमी गरेको समेत बताए । ‘जतिबेला हामीले पदवहाली ग¥यौं । त्यतिबेलै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्छ भनेर सिंगो मन्त्रीमण्डल नै डेलिगेसन जाने काम भयो । प्रदेश सरकारले पहलकदमी गरिरहेको थियो । पछि संघिय सरकारले त्यो कुरालाई आत्मसाथ गरेर सञ्चालनमा आएको हो,’ मुख्यमन्त्री आचार्यले भने, ‘अन्तराष्ट्रिय उडानले बुटवल भैरहवामा मात्र नभई सिंगो लुम्बिनी प्रदेशमा नै उत्साह जगाएको छ । त्यो मानेमा प्रदेश सरकार खुशी छ ।’

नियमित उडानका लागीनै विमानस्थलमा जहाज आएको उनले बताए । ‘चल्छ, अब उडान रोकिँदैन ढुक्क हुनुहोस्,’ मुख्यमन्त्री आचार्यले भने, ‘अव चीनको सिचुआनबाट गौतमबुद्ध विमानस्थलमा सिधा दैनिक उडानको लागि पनि पहल गरेका छौं ।’

हालसालै भएको चीनको सिचुआन प्रान्तको भ्रमणको क्रममा मुख्यमन्त्री आचार्यले सिधा हवाई उडानको बारेमा प्रस्ताव राखेका थिए । ‘भरखर म चिन गएर आएँ । चिनको सिचुवानबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि दैनिक उडान गराउन पर्छ भनेर मैले कुरा राखेको छु,’ उनले भने, ‘ त्यहाँको प्रदेश सरकारले हामीले संघिय सरकारसँग कुरा गरेर अगाडि बढाउँछौं भनेर पनि भनेको छ । अन्तर्राष्ट्रिय फोरमहरुमा हामीले यो कुरा गरिरहेका छौं ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछी पर्यटन व्यवसायले फड्को मार्ने चरणमा रहेको बताउदै सोही अनुसारको पर्यटन पूर्वाधारमा लगानी बढाउन जोड दिए । लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटको माध्यमबाट प्रदेशभर भ्रमणको वातावरण सरकारले बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल चेम्बर लुम्बिनी र टक्सार मिडिया ग्रुप लगायतका संघ संस्थाको संयुक्त आयोजनामा भैरहवामा गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना बिषयमा छलफल कार्यक्रम राखिएको हो । कार्यक्रममा उद्योगी, व्यवसायीहरुले विमानस्थल चलायमान हुदा बेग्लै आशाको सन्चार भएको र यसलाई कायम राख्दै दिगो बनाउन जोड दिएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ९ : २० बजे

रोयल्टी बाँडफाँडका सूचकहरुलाई परिवर्तन गर्नुपर्छः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तथा प्रदेश

बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा

नियमित अन्तर्राष्ट्रिय हवाइ उडानका लागि मुख्यमन्त्री आचार्यको संघ सरकारसँग ३ माग

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान

प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत, एजेण्डा अर्को बैठकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने चीन भ्रमणलाई

मेडिकल व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा