२३ पुस २०८१, मंगलबार | January 7, 2025

चुरियामाईमा कन्टेनर पल्टियो, पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध



हेटौंडा । मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

मोबिल बोकेको कन्टेनर पल्टिएर बाटो परै छेकिएको छ । साइकल समेत छिर्न नसक्नेगरि कन्टेनरले बाटो छेकिएपछि दर्जनौंको संख्यामा साना–ठूला सवारी गन्तव्यमा पुग्नबाट रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको कन्टेनर सडकमा पल्टेको हो । दुर्घटनामा कन्टेनर चालक मनहरी गाउँपालिका–६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेकाले उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

चुरियामाईको उकालोमै कन्टेनर पल्टिएकाले वैकल्पिक सडक प्रयोग गरेर आउ–जाउ गर्ने अवस्था पनि नरहेको डीएसपी अर्यालले बताए । कन्टेनरलाई पन्छाएर सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।

१९७४ मा निर्मित चुरियामाई सुरुङको वैकल्पिक सडकको रुपमा चुरेको डाँडो काटेर यो सडक निर्माण गरिएको थियो । सडकको दायाँवायाँ चुरे पर्वतले ढाकेको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १२ : ३१ बजे

‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’

काठमाडौँ । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न

लुम्बिनी प्रादेशिक अस्पतालमा थिएटर थप भएपछि पित्तथैलीको अपरेशनमा विशेष जोड

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा अपरेशन थिएटर थप भएसँगै पित्तथैलीको

भूकम्प गएको १ वर्ष २ महिनापछि पुनर्निर्माणका लागि विवरण सङ्कलन

काठमाडौं । विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु

‘भूकम्पबाट सामान्य क्षति’

काठमाडौं । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर

बुटवलको मजुवामा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशुको शव फेला

बुटवल । बुटवल उपमहानगरपालिका–११ मा जलेर मृत्यु भएको अवस्थामा नवजात