३० चैत्र २०८१, शनिबार | April 13, 2025

चलचित्रमा फर्किएका पुराना अभिनेत्री



काठमाडौं । अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृङ्खलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे । चलचित्रको प्रस्तुतीकरण र कथ्य शैलीमा आएको परिवर्तनसँगै उनीहरू पर्दाबाट हराए तापनि चलचित्रमा पुनरागमन गर्न सफल भए ।

एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री रेजिना उप्रेतीले गत साउनमा प्रदर्शन भएको ‘मोदीबेनी’ चलचित्रमा अभिनय गरिन । विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढेपछि उनी चलचित्रबाट टाढा भएकी थिइन । उनको आगमनसँगै सुरु भएको पुराना अभिनेत्रीहरूको चलचित्रमा पुनरागमनले निरन्तरता पाईरहेको छ ।

गत कात्तिक ३० गतेदेखि प्रदर्शन भएको चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री विपना थापा ठूलो पर्दामा फर्किईन । उनले केही समय अगाडिको योजना भए तापनि अवस्था अनुकूल भएपछि चलचित्रमा काम गर्ने हौसला प्राप्त भएको बताइन । “पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । अहिले काममा फर्किएकी छु । यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ । छायाङ्कन अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन”, अभिनेत्री थापाले भनिन, “कुनै समय हामी अभिनेत्रीको भूमिकामा देखिएका थियौँ, अहिले सहायक भूमिकामा देखिने गरेका छौँ । पात्र जस्तो भए पनि त्यसको प्रभाव समग्र कथामा देखिनुपर्छ । अब मैले अभिनयलाई निरन्तरता दिने सोचअनुसार काम गरिरहेकी छु ।”

गत मङ्सिर ७ गतदेखि प्रदर्शनमा रहेको चलचित्र ‘तेल भिसा’ मार्फत अभिनयमा पुनरागमन गरेकी अभिनेत्री पूजा चन्दले राम्रो चर्चा बटुलिरहेकी छिन । अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकालाई उनले न्याय गरेको प्रतिक्रिया दर्शक र चलचित्रकर्मीले दिएका छन् । यसले गर्दा आगामी चलचित्रमा पनि उनको भूमिका देख्न सकिने अनुमान लगाइएको छ । यही चलचित्रमार्फत अभिनेत्री ऋचा घिमिरे पनि अभिनयसँगै निर्माणमा फर्किएकी छिन ।

“विविध कारण चलचित्रकर्मकै कारण विदेश गइयो । त्यहाँको जीवनशैली र रहनसहनले गर्दा फर्किन समय लागेको हो । तर पुनः फिल्म कर्ममै फर्किएकी छु । यसलाई अब निरन्तरता दिनेछु”, अभिनेत्री घिमिरेले भनिन । अभिनेत्री घिमिरे झैँ पछिल्लो समय अमेरिकामा बसोबास गरिरहेकी अभिनेत्री अरुणिमा लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दै छिन ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ३ : १२ बजे

सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको छ : अर्थमन्त्री पौडेल

बुटवल । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी

नेवाः सेवा समितिको अध्यक्षमा डिल्लीकुमार श्रेष्ठ

बुटवल । १८ वर्ष पहिले बुटवल र यस आसपासका नेवार

माछा मार्न गएकी दिक्षिकाको राप्ती नदीमा डुबेर मृत्यु

नेपालगन्ज । बाँकेको राप्ती नदीमा डुबेर माछा मार्न गएकी एक

प्रधानमन्त्री आफैं सडक आन्दोलनमा भाषण गर्दै हिँड्नु शोभनीय भएन : महामन्त्री शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राजा ज्ञानेन्द्र

‘शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल