२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बैंकहरुसंग बुटवल हस्पिटल प्रा.लि.को उपचार सम्झौता



बुटवल । बुटवल हस्पिटल प्रा.लि.ले आफ्नो बजार प्रवद्र्धन अभियान अन्तरगत बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यलाई अघि बढाएको छ । हस्पिटलले कुमारी बैक लिमिटेड र लक्ष्मी विकास बैंकसंग उपचार सहकार्यमा हस्ताक्षर गरेको हो ।

एक समारोहका विच बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले हस्ताक्षर गरे । अस्पताल र बैंकहरु विचको सहकार्यले दुवै पक्षको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सो अवसरमा अध्यक्ष पौडेलले उपचारका लागि बुटवलबाट बाहिर जान नपर्ने अवस्थाको श्रृजनाका लागि अस्पताल लागि परेको बताए ।

उनले सबैको सहयोगले मात्र बुटवललाई मेडिकल हवका रुपमा चिनाउन सकिने धारणा राखे । उनले यस्तो सहकार्य यस क्षेत्रका सघ संस्था, उद्योग प्रतिष्ठान,शैक्षिक संस्था लगायत सबैसंग हुने बताए ।

सो अवसरमा कुमारी बैंकका प्रदेश प्रमुख चेतकान्त जैशी बञ्जाडे, बुटवल शाखा प्रमुख अम्बिका प्रसाद बस्याल, बुटवल हस्पिटल प्रा लिका उपाध्यक्ष ललित प्रसाद खरेल, हस्पिटलका जनरल म्यानेजर देवेश कर्ण, अप्रेशन प्रमुख सरोज चौधरी, बजार शाखाका आदित्य आचार्य, सुमन तिमिल्सीना, लगायतको सहभागिता थियो । त्यसैगरि हस्पिटलले लक्ष्मी शनराईज बैंक लिमिटेडसंग पनि बजार प्रवद्र्धन अन्तरगतको सम्झौता गरेको छ । सो अवसरमा बैंकका लुम्बिनी प्रदेश प्रमुख ओम प्रकाश कंडेल, बुटवल अमरपथ शाखा प्रमुख विजय गौतम लगायतले बैंकको तर्फबाट हस्ताक्षर तथा धारणा राखेका थिए । सम्झौतासंगै दुबै बैंकका स्टाफहरु तथा सेवाग्राहीहरुलाई बुटवल हस्पिटलले उपचार सुविधा प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ६ : ३२ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर