६ पुस २०८१, शनिबार | December 21, 2024

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा मुस्लिम अगुवाले दिए ५ लाख दान

महोत्सवको आज अन्तिम दिन, आज पनि भागवत सार श्रवणसहित दान दिन सकिने



नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा सञ्चालन गरिएको वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा बाँकेका एक लोकप्रिाय जनप्रतिनिधि तथा मुस्लिम अगुवाले दान गरेका छन् । बाँकेको नरैनापुरबाट पटक पटक पालिका अध्यक्षमा निर्वाचित इश्तियाक अहमद शाहले महोत्सवमा ५ लाख रुपैयाँ दान गरेका हुन् । उनी धार्मिक सदभाव कायम गर्न भन्दै कथा प्रवचनको सातौं दिनको आरतीमा समेत सरिक भए ।

महोत्सवको कथा प्रवचनका बीचमा बोल्दै शाहले हाललाई ५ लाख दिएपनि वैकुण्ठधाम निर्माणका लागि नपुग रकममा आफ्नो सधैं साथ रहने प्रतिबद्धता ब्यक्त गरे । उनले पालिकाको तर्फबाट निर्णय गराएर थप बजेटको व्यवस्था गर्ने जनाउँदै हर हालतमा वैकुण्ठधाम बनाएरै छाड्ने अठोट गरे ।

आयोजकले आजपनि भागवत सार कथावाचन सहित लक्षवत्ति कार्य गरिने जानकारी दिएको छ । अत्याधिक भीडकाकारण बिहिबार दान गर्न चाहेर पनि दिन नभ्याएका दाताहरुलाई आज पनि यज्ञस्थलमा आएर दान गर्न आयोजकले आह्वान गरेको छ ।

नेपालगन्जमा कथा वाचन गरिरहेका वाचन सिरोमणी पण्डित दीनबन्धु पोखरेलले शाहले दान गरेलगत्तै सामाजिक सञ्जालमा ूधार्मिक सद्भावको नमूना ‘वैकुण्ठधाम आध्यात्मिक महोत्सव’ नेपालगंजमा बाँकेका मुस्लिम समुदायका इश्तियाक अहमद शाहबाट रू. ५ लाख दानसहित आरतीमा सरिक धार्मिक सहिष्णुता र प्रेमको भाव प्रस्तुत गरेको भएको उल्लेख गरेका छन् ।

मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले धार्मिक सद्भावको शहरको रुपमा चिनिएको नेपालगञ्जले आज फेरी एउटा उदाहरण प्रस्तुत गरेको बताउँदै बैकुण्ठधाम निर्माणका लागि ५ लाख दान गर्ने शाहलाई धन्यवाद दिए । उनले धार्मिक द्वन्द्व निम्त्याउन खोज्नेहरुलाई शाहबाट शिक्षा लिन समेत आग्रह गरे ।

बाँकेमा कार्यरत सरकारी कार्यालय तथा कर्मचारीहरुका तर्फबाट आज (शुक्रबार) प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको नेतृत्वमा दान गर्न आउने प्रतिबद्धता प्राप्त भएको महोत्सवको सरकारी निकाय समन्वय उपसमितिका संयोजक तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष गोबिन्द प्रसाद पाण्डेले जानकारी दिए ।

वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवमा आजपनि संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन हुने बताइएको छ । कलाकारहरुले हरेक दिन नेपाली, भोजपुरी, हिन्दी, अवधी, मैथिली भाषामा भजन प्रस्तुत गरिरहेका छन् ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव आज सम्पन्न हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गर्दै आएको छ ।

आज पनि आध्यात्मिक प्रवचन जारी रहने उल्लेख गर्दै मूल समितिका महासचिव श्रीराम सिग्देलले बिहान ११ः०० बजे तिलार्पण , दिउँसो २ः०० बजे देखि ४ः०० बजेसम्म भागवत सार र बेलुका ६ः०० बजे लाख बत्ती प्रज्वलन हुने जानकारी दिए ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ९ : ०३ बजे

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि रु २९ लाख सङ्कलन

तनहुँ । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार

नौमती बजाउन सिक्दै रोङ गाउँपालिकाका महिला

इलाम । यहाँको रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन

ध्यान मानव जातिको कल्याणका निम्ति : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मानव जातिको कल्याणका

राहदानी बनाउन माल्टाबाट छ सय ५० को आवेदन, एक करोड बढी राजस्व सङ्कलन

पोर्चुगल । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल