११ पुस २०८१, बिहिबार | December 27, 2024

नेपालमा भारतको ‘आदत’ बनिसकेको अधिनायकवादी नीति



नेपाल हिमालय पर्वतको दक्षिणी भेगमा रहेको दक्षिण एसियाली भुपरिवेष्ठित देश हो । चीनसँग सीमाना जोडिएको भए तापनि हिमालय पर्वतको अवरोधका कारण नेपाल उत्तरबाट पूर्ण रूपमा अलग छ, जबकि अन्य तीन दिशामा भारतद्वारा घेरिएको छ । यसरी हेर्दा, भारतका लागि नेपाल उसकै पञ्जामा रहेको एक वस्तुजस्तै छ, र नेपालको राजनीतिक कूटनीति र आर्थिक विकासमा भारतको ठूलो हस्तक्षेप रहेको छ ।

वास्तवमा, दक्षिण एसियाली साना देशहरूमा हस्तक्षेप गर्ने मामलामा भारत एक “आदत बसिसकेको मुलुक” हो । भारतीय दबाबमा परेर दशकौं पहिले सिक्किम भारतको यौटा राज्य बन्यो । भुटानमा भारतीय हस्तक्षेप देखिने गरी जारी छ । चीनसँग सम्बन्ध स्थापित नगर्न भारतले भुटानलाई बाध्य बनाएको छ । चीनसँगको सिमा-नाका समस्या पनि अझै समाधान भइसकेको छैन ।

भारतप्रति उच्च निर्भरता भएकाले नेपाल पनि इतिहासमा धेरै पटक भारतीय धम्कीको सिकार भएको छ । उदाहरणका लागि सन् विक्रम संवत् २०४५ सालमा नेपाल–भारतको द्विपक्षीय सम्बन्ध बिग्रिँदा भारतले १५ महिना लामो कठोर नाकाबन्दी गरेको थियो, जसले गर्दा नेपालको अर्थव्यवस्था ध्वस्त हुन पुग्यो र जनताको जीवनस्तरमा ठूलो गिरावट आयो ।

२०७२ मा संविधान घोषणा गर्ने क्रममा भारतले भनेको नमान्दा पुनः ६ महिना नेपालमा नाकावन्दी लाग्यो । त्यतिबेला तत्कालिन भारतीय विदेशसचिव एस जयशंकर (हालका विदेशमन्त्री) काठमाडौंमा आएर नेताहरुको घरघरमै पुगेर आफुले भनेअनुसार संविधान घोषणा गर्न अन्यथा अप्ठेरो अवस्थाको सामना गर्न चेतावनी दिएको थिए ।

भारतको नियन्त्रणमा नेपालको राजनीति
नेपालको राजनीतिमा मुख्य रूपमा तीन शक्ति केन्द्र छन् – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी), नेपाली कांग्रेस, र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) । गत वर्षको फागुनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्दै भारत नजिक मानिएको नेपाली कांग्रेससँगको गठबन्धन तोडेका थिए, जसले भारतलाई निकै रुष्ट बनायो । भारतीय पक्षले नेपाली कांग्रेसमार्फत नेपालको राजनीतिक र कूटनीतिक मामिलामा हस्तक्षेप गर्ने अवसर गुमायो, जसले गर्दा नेपाल मामिलामा भारतले चीनमाथि आफ्नो आक्रोश प्रकट गरेको थियो । पछि असार अन्त्यतिर केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि भारत झन बढी रुष्ट छ । नेपालका प्रधानमन्त्रीले भारतसँग बारम्बार नजिकिन गरेको प्रयासलाई समेत भारतले नसुनेजस्तो गरेको छ । यद्यपी, भारतले नेपालभित्र आफ्नो माइक्रो म्यानेजमेन्टलाई पुनः व्यवस्थित गर्न भने प्रयत्न गरिरहेको छ ।

नेपालको अर्थतन्त्रमा भारतको प्रभुत्व
नेपाल लगभग चारैतिरबाट भारतद्वारा घेरिएको छ, चीनसँगको सीमावर्ती क्षेत्रमा हिमालय पर्वतको कठिन अवरोध भएकाले व्यापार–व्यवसायमा उच्च निर्भरता भारतप्रति नै छ । आर्थिक पक्ष पनि नेपालमाथि भारतको नियन्त्रण र दबाब कायम राख्ने एउटा साधन बनाइएको छ ।

विक्रम संवत् २०४५ सालको नाकाबन्दीको अलावा, २०७२ मा महाभूकम्पले ग्रस्त भएको नेपालमा भारतले तेल ट्याङ्कर र तरकारी ट्रकहरू रोकिदिएर नेपाललाई दण्डित गरेको थियो, जबकि चीनले भने नेपाललाई तत्काल राहत सामाग्री प्रदान गरेर सहयोग गरेको थियो ।
यसका अतिरिक्त, भारतमाथि निर्भरता भएको कारण नेपालको अर्थतन्त्र पनि निकै कमजोर र अस्थिर छ । भारतको हस्तक्षेपकै कारण आर्थिक रुपमा सक्षम बन्ने र आत्मनिर्भर बन्ने नेपालको क्षमतामा क्षति पुगेको छ ।

भारत आफुलाई दक्षिण एसियाली महाशक्ति ठान्छ, तर आफ्नै समाज, अर्थव्यवस्था र राजनीतिक समस्याहरूले गर्दा उसको यो सपना पुरा गर्न कठिन देखिन्छ । वास्तवमा, चीन र नेपालको सहकार्यले दक्षिण एसियाली स्थिरता र विकासलाई सहयोग पुर्याउँछ, जुन भारतका लागि चुनौती होइन, बरु अवसर हुन सक्दछ ।

(लेखमा प्रस्तुत विचार लेखकका निजी विचार हुन् । – स.)

 

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १२ : ०२ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

भैरहवा । सिमावर्ती शहर भैरहवालाई थप सुरक्षीत बनाउन अत्याधुनीक विद्युतीय

सैनामैनाबाट जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट बलात्कार अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ

आचरसंहिता उल्लङ्घन गर्ने अनलाइन कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको

एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

ललितपुर । ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे