१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा–उक सयाडोद्धारा लुम्बिनी भ्रमण



लुम्बिनी । म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा–उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । म्यानमारका प्रसिद्ध एव्म बौद्ध धर्मका ९१ बर्षिय शिखर धर्मगुरु फा–उक सयाडोले बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरसँगै विहार क्षेत्र एवम प्राचिन कपिलबस्तु क्षेत्रको भ्रमण गरेका हुन् ।

कार्तिक १८ गते लुम्बिनी आइपुग्नुभएका धर्मगुरुले मायादेवि मन्दिरको दर्शनसँगै ध्यान र पूजा समेत गरेका थिए ।

यसैगरी लुम्बिनी गुरुयोजना क्षेत्रभित्र र्धगुरुले सालबृक्ष बृक्षारोपण गरेका छन् । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रसँगै धर्मगुरु फा–उकले प्राचिन कपिलबस्तु स्थित बुद्धले ज्ञानप्राप्तीपछि प्रथम पटक पिता शुद्धोदनलाई भेट गरेको कुदान निग्रोधाराम, कक्रुछन्द बुद्धको जन्मस्थल गोटिहवा, कनमुनि बुद्धको जन्मस्थल निग्लिहवाको भ्रमण गरेको भ्रमणटोलीका तारा राईले जानकारी दिए ।

यसैगरी धर्मगुरुले बुद्धले ५ सय जना अरहन्त र असंख्या देवताहरुलाई महासम्मयसुत्त उपदेश दिएको महावन जंगलको समेत भ्रमण गरी बाणगंगा नदीको किनारमा पुगेर ध्यान गरेका थिए ।

धर्मगुरुलाई लुम्बिनी र कपिलबस्तु क्षेत्रमा लुम्बिनी विकास कोषका लेखा अधिकृत भिम बस्नेत र सूचना शाखाका विकास लामाले जानकारी दिनुका साथै सहजीकरण गर्नुभएको थियो । धर्मगुरुलाइ लुम्बिनी बौद्ध विश्वविद्यालयले समेत स्वागत गरेको थियो ।

६ दिनको भ्रमण सकाएर धर्मगुरु सहितको टोली शुक्रबार दोलखा फर्किएक छ । त्यहाँ धर्मगुरु फा–उककै नेतृत्वमा धम्मदायाद ध्यान केन्द्र निर्माण गरिएको छ

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १० : ४९ बजे

‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका साथ बाँकेमा पत्रकारहरुको होली

नेपालगञ्ज । ‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका

‘वैदेशिक भ्रमणमा रोक लगाउने राखेपको पत्राचार असंवैधानिक’

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले संस्थाका पदाधिकारी तथा सदस्यलाई वैदेशिक

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’

डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा.

HIV doctors urge US to reverse ‘catastrophic’ funding cuts

PARIS: Hundreds of HIV doctors and researchers have called on