२३ चैत्र २०८१, शनिबार | April 5, 2025

अस्पताल पुगेर घाईतेहरुलाई मुख्यमन्त्रीको आश्वासन – ‘उपचारमा कुनै कमी हुन दिने छैनौं’



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाईते भएकाहरुको स्वास्थ्यवस्था बारे जानकारी लिएका छन् । बुटवल स्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाईतेहरुको अवस्था बारे जानकारी लिएका हुन् ।

अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीमा सोमवार दिउँसो भएको दुर्घटनामा परी घाईते बिरामीहरुसंग भेट गर्दै उनले उपचारमा कुनै कमी नहुनेगरी व्यवस्था मिलाइएको जानकारी दिए । सो क्रममा मुख्यमन्त्री आचाईले घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका थिए । ‘घाईतेहरुको उपचारमा कुनै कमी नहोस । सबै प्रकारको उपचार सेवा प्रदान गरिनुपर्छ’, चिकित्सकहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिनुहोला ।’

दुर्घटनामा परेर दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाईते भएका थिए । घाइतेहरुको हाल अस्पतालहरुमा उपचार भइरहेको छ । भैलो खेलिरहेको समूहकै बीचबाट ना ३ ख २४७१ नम्बरको यात्रुवाहक अनियन्त्रित तवरले अघि बढ्दा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ३ : ०० बजे

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

गण्डकी । कास्कीको रुपा गाउँपालिका-६ तालबेँसी फाँटमा करिब तीन मिटर

हराउँदै चैतेदसैँ मेलाको मौलिकता

बागलुङ । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ

बुटवलमा प्रथम उपमेयर फुटबल प्रतियोगिता सुरु, आयोजक बिस पचहत्तर क्लबको विजयी शुरुवात

बुटवल । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक

जाजरकोट भूकम्पमा आठजना घाइते

काठमाडौँ । जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको