८ पुस २०८१, सोमबार | December 23, 2024

सङ्खुवासभाको मकालुमा टिपर दुर्घटना : दुई जना भारतीय मजदुरको मृत्यु, दुई घाइते



सङ्खुवासभा । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।

मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उनले बताए ।

दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरु पनि भारतीय नागरिक नै हुन् । उनीहरुको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ९ : ५९ बजे

हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासँगै मृत फेला

खोटाङ । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद

बेमौसमी तरकारी बाली उत्पादन परीक्षणमा जुट्यो सुन्दरबजार

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू

विद्युत् प्रसारण र वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो

काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र

एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र