१० पुस २०८१, बुधबार | December 25, 2024

२० र २१ मंसिरमा ‘नेपालगन्ज कनक्लेभ’ हुँदै, दुई दिनमा आठ सत्रमा बहस हुने



नेपालगन्ज । समृद्ध र दिगो भविष्यको बाटोमा नेपालगञ्ज कनक्लेभको दोस्रो संस्करण आउँदो २० र २१ मंसिर २०८१ (५–६ डिसेम्बर, २०२४) नेपालगन्जमा हुने तय भएको छ । धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदैआएको कनक्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज् च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डस्ले आयोजना गर्दैआएको छ ।

यसपटक आठ वटा सत्रमा छलफल गरिने तय भएको नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले बताए । कनक्लेभमा स्थानीय सरोकारको मुद्दादेखि राष्ट्रिय महत्वका समसामयिक विषयमा बहस हुनेछ’ निर्देशक नेपालले भने, ‘गतवर्ष निकै गहन र अर्थपूर्ण बहसहरु भए । सोही सफलताबाट उत्साहित भएर यसपटक सत्रहरु बढाएका छौं ।’

यसपटकको कनक्लेभमा स्थानीय मुद्दाका रुपमा नेपालगन्ज्को उर्जा सङ्कटलाई बहसको विषय बनाइएको छ । बितेको वर्ष हामीले आँखै अडाडि जलवायु परिवर्तनका असरहरु देख्यौं । हिमतालहरु फुटे भने तराईमा पानीको सतह गहिरिँदै जानुका साथै गर्मी बढ्यो । नेपालगञ्ज कनक्लेभको अर्कोसत्र जलवायु परिवर्तनले निम्त्याउन लागेको संकट र अनुकूलनको रणनीतिमा केन्द्रीत हुनेछ ।

यसैगरी, हाम्रो शिक्षा प्रणालीमा गर्नुपर्ने सुधारबारे अर्को सत्र संचालन हुनेछ । शिक्षामा सुधारमा स्थानीय सरकारले गर्नसक्ने र गरेका अभ्यासमाथि यो सत्रमा छलफल गर्ने तय गरिएको छ ।

नेपालगन्ज कनक्लेभमा अर्थतन्त्र सुदृढीकरणका लागि व्यापार घाटाको दिगो व्यवस्थापनबारे गहन छलफल हुनेछ । सो सत्रमा नेपालले बर्षौदेखि भोग्दैआएको व्यापार घाटा कम गर्न र हाल निर्यात गरिरहेका बस्तुमा मूल्य अभिबृद्धिका उपायबारे छलफल हुनेछ । अर्थतन्त्रसँगै जोडिएको अर्को विषय पर्यटनमा अर्को सत्र संचालन हुनेछ । त्यसमा नेपालको पर्यटन व्यवसायको नक्सामा पश्चिम नेपालको सम्भावनाको खोजी हुनेछ । पश्चिम नेपालमा बन्नसक्ने नयाँ पर्यटकिय सर्कितबारे बहस हुने अपेक्षा आयोजकले लिएको छ ।

‘नेपालगन्ज कनक्लेभ १० औँ धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा हुनेछ । त्यसैले खेलकुद्लाई जोडेर अर्को महत्वपूर्ण सत्र छ– किन दौडिन्छ मानिस ? जहाँ म्याराथनको मात्र कुरा हुनेछैन, जीवन र जगत, करिअर र संघर्ष अनि, सिर्जना, सफलता र सन्तुष्टिबारे छलफल हुनेछ ।’ मुल आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले भने ।

उनका अनुसार साहित्यमा यसपटक नेपाली आख्यानबारे चर्चा गरिनेछ, जहाँ साहित्यको ऐनामा समाज कति अट्न सक्यो भन्ने बहस हुनेछ । नेपालगञ्ज कनक्लेभमा यसपटक राजनीतिक सत्र पनि थपिएको छ । खासगरी पछिल्लो समय हुर्किंदै गएको निराशाको अन्र्तय खोतल्ने प्रयत्न हुनेछ । साथै, निराशालाई चिरेर नयाँ आशा र उत्साह जगाउन राजनीतिक नेतृत्वसँग के योजना छ, बहस हुनेछ । नेपालगन्ज कनक्लेभमा हुने छलफलले आमसरोकारका मुद्दामा सार्वजनिक बहसको प्रबद्र्धन हुने र प्रकारान्तरले त्यसको लाभ समुदायले प्राप्त गर्ने विश्वास निर्देशक नेपालको छ ।

नेपालगन्ज कनक्लेभका दुवै दिनका शुभारम्भ विद्वत प्रवचनबाट हुनेछन् भने बहुभाषिक कविता वाचन र मुशायरा पनि सँगै हुनेछन् । कनक्लेभका सत्र शीर्षक र वक्ताहरु छिट्टै सार्वजनिक गरिनेछ । २२ मंसिरमा १०औँ धारा नेपालगन्ज म्याराथनको घोषणा भइसकेको छ । कनक्लेभ र म्याराथनका कारण मंसिर २०, २१ र २२ गते नेपालगन्ज् उत्सवमय हुने विश्वास आयोजकले लिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ८ : ५८ बजे

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छन् : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

लेटाङमा व्यवसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन

मोरङ । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर

पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै

रामपुर । रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका

पाकिस्तानी राजदूतले भेटे प्रधानमन्त्री ओली

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले प्रधानमन्त्री

तिब्बतमा १७ हजार भन्दा बढी ५जी बेस स्टेशन निर्माण

ल्हासा । दक्षिणपश्चिम चीनको स्वशासित क्षेत्र तिब्बत (चीनले तिब्बतलाई सिजाङ