१० कार्तिक २०८१, शनिबार | October 26, 2024

आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ : शेखर कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम रहेको बताए । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुई दलीय सरकार बनेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई एकताबद्ध नबनाएसम्म एक्लै निर्वाचनमा स्पर्धा गर्न कठिन हुने विचार व्यक्त गरे । विगतका निर्वाचनबाट पार्टीले पाठक सिक्नुपर्नेमा पनि उनले जोड दिए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ५ : १६ बजे

रास्वपाद्वारा स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक–नागरिक संवादका लागि

बिगो निर्धारण निर्देशिकाको मस्यौदा : यस्ता छन् लिनुपर्ने आधार

काठमाडौं । सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गर्दा

नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ प्रकाशन

काठमाडौं । वैदिक अनुसन्धान गुठी (वाग्) ले नेपालमै पहिलो पटक

साहित्य, कला र सङ्गीतमा लागेकाहरुले साँस्कृतिक रुपान्तरणमा दिशा निर्देश गर्नुपर्छ : प्रदेश प्रमुख घर्ती

बुटवल । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले समाजमा साँस्कृतिक

सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी

रसुवा । अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग